जुम्ला : नेपाल पत्रकार महासंघ जुम्लाकाे नवनिर्वाचित कार्यसमितिकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । नयाँ कार्यसमिति निर्वाचित भएपछि साेमबार अध्यक्ष पूर्ण प्रसाद चाैलागाईकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे हाे ।
पहिलाे बैठकले चार वटा निर्णय गरेकाे अध्यक्ष चाैलागाईँले बताए । उनका अनुसार २८ गतेकाे निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न भूमिका खेल्ने निर्वाचन कमिटीलाई धन्यबाद ज्ञापन गरिएकाे छ ।
यस्तै जिल्ला कार्यसमिति सदस्यमा युनेश परियारलाई मनाेनित गनर्ने निर्णय गरिएकाे छ ।यसैगरी नेपाल पत्रकार महासंघ शाखा जुम्लाकाे भवन रहेकाे जग्गा जिल्ला समन्वय समितिबाट नामसारी गर्न पहल गर्ने निर्णय गरिएकाे अध्यक्ष चाैलागाईँकाे भनाई छ ।
साेही बैठकले सल्लाहकार कमिटी समेत गठन गरेकाे छ ।सल्लाहकार कमिटीमा नेत्रबहादुर शाही,भीम सार्की( कसिंगर),मानदत्त रावल,इश्वरी प्रसाद देवकाेटा र विजय रावत रहेका छन् । सार्वजनिक सराेकारका विषयमा खबरदारी गर्ने सहितका निर्णय गर्दै पहिलाे बैठक सम्पन्न भएकाे हाे ।

जुम्ला दर्पण । १ पुष २०८१, सोमबार १७:३१