कविता :- तातोपानीका युवाहरूको हुकार — जलवायु न्यायका लागि उठेको आवाज

तातोपानीको हावामा
अब पहिले जस्तै चिसोपन छैन,
पहाडको अँगालोमा
नदीको गीत पनि आधैमा रोकिएझैँ।
जलवायु बदलिँदैछ,
तर गाउँका मनहरू हार मानेका छैनन्।यही बेला

सेभ द चिल्ड्रेनले सहयात्रा तेस्रोलिई आउँछ आशाको उज्यालो,
किर्डाक नेपालको हात
जोडिन्छ समुदायको साहससँग,
युवाहरू उभिन्छन्
“हाम्रो धरती, हाम्रो जिम्मेवारी” भन्ने बलियो आवाजसँग।

बालक–बालिकाको भविष्य बचाउन
पहाडका पथले देखेका छन् उनीहरूको परिश्रम,
सुक्दै गएको धारा जोगाउन
सामुदायिक हातमा देखिन्छ आशा र श्रम।

युवाहरू उठ्छन्
रुख रोपेर,
खोला सफा गरेर,
जनतालाई चेतना दिँदै,
आफ्नो जलवायु हकका लागि
पहाडमै एउटा नयाँ संघर्ष सुरु गर्दै।

हे तातोपानी !
तिम्रा आकाशहरू आज फेरि चम्किएका छन्,
किनकि यहाँका मान्छेहरूले
परिवर्तनलाई माग मात्र होइन—
आफ्नै हातले निर्माण गर्न थालेका छन्।

सहयात्रा तेस्रो परियोजनाको बाटो
र किर्डाक नेपालको साथले
गाउँले अनुभव गरेको छ
छोटो प्रयासले पनि
थुप्रै भविष्य सुरक्षित हुन्छ।

आज तातोपानी बोल्छ
“हामी जलवायु अन्यायका शिकार मात्र होइन,
हामी परिवर्तनका अगुवा पनि हौं।”
युवाहरूको कसम छ
यो धरती च्यातिँदै गए पनि
आशाको बीउ सुक्न दिइने छैनौ