गुठीचौर–३ द्वारा एसईई दिने विद्यार्थीलाई कम्प्युटर तालिम

राम प्रकाश विक,जुम्ला

जुम्लाको गुठिचौर गाउँपालिका–३ले विद्यार्थीलाई लक्षित गरि कम्प्युटर तालिम दिएको छ । वडा कार्यालयको आयोजनामा एसइई अध्ययन गर्न विद्यार्थीको लागि उक्त तालिम दिएको हो। सोमबार सकिएको तालिममा वडा भित्र एसइई पढ्ने विद्यार्थीहरुको सहभागी रहेको वडाध्यक्ष इन्द्र वुढाले जानकारी दिए ।

वडाध्यक्ष बुढाका अनुसार तालिममा ३१ जनाको सहभागीता रहको थियाे । अहिलेको आधुनिकतालाई मध्यनजर राख्दै तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

सूचना तथा प्रविधिमा विद्यार्थीलाई दक्ष हुनुपर्ने भएकाले उक्त तालिम सञ्चालन गारिएको वडा अध्यक्ष वुढाले बताए । सबै क्षेत्रमा अब्बल नभएसम्म शैक्षिक गतिविधिले पुर्णता पाउन मुस्किल पर्ने निश्कर्ष सहित वडा कार्यालयले तालिम सञ्चालन गरेको उनको भनाई छ । अहिलेको युगमा गरिखाने शिक्षाको आवश्यकता रहेको पनि बताए ।

सरकारि विद्यालयमा पढ्ने विद्यार्थिहरु आफैमा कमजोरि हुनछन भन्ने मानशिकतालाई चिर्नपनि यो तालिमको आयोजना गरेको उनकाे भनाई छ। आजको युगमा कम्प्युटर शिक्षा अतिआवश्यकता रहेको र सानो भएपनि सहयोग गरेको उनले बताए  वडाको विकासका लागी वडावासिको सल्लाह र सुझावको आशाको लिएको वुढाको भनाई छ ।

अहिलेको आवश्यकतालाई मध्यनजर गदै अघिल्लो आर्थिक वर्षमा ३६ जना र यो आर्थिक वर्षमा ३१ जना एसइई दिने विद्यार्थीलाई तालिम दिईएको वडासचिव पवित्रा रोकायाले जानकारी दिइन् । तालिम सञ्चालनको लागि छुट्टै बजेट नभएपनि अध्यक्षसँग जनता कार्यक्रममा शिर्षकबाट व्यवस्थापन गरिएको बताइएको छ । तालिम सञ्चालनको लागि १ लाख खर्च भएको उनले जनाए ।

यस्तै, बजेटले भ्यएसम्मा वडा भित्रका एसइई दिने सबै विद्यार्थिलाई वर्षमा कम्प्युटर तालिम दिने लक्ष्य रहेको वडा अध्यक्ष वुढाको भनाई छ। प्रविधिमैत्री विद्यार्थि वनाउनका लागि आवश्यक सीप सिकाएर विद्यार्थिलाई प्रमाण पत्र उपलब्ध गराएको उनले बतमए ।

त्यस्तै, गाउँका विद्यार्थीलाई कम्प्युटर पढाउनु राम्रो काम भएको गुठिचौर गाँउपालिका अध्यक्ष दान वहादुर वुढाले बताए । अहिलेको आवश्यकता कम्प्युटर सिकाई नै भई सकेको अध्यक्ष वुढाको भनाई छ । शिक्षामा परिवर्तन ल्याउन ओरात्रलागी परेको उनकाे भनाई छ ।

गुठिचौर गाँउपालिका ३ का कम्प्युटर सहभागी विद्यार्थी हरिकृष्ण कामीले ‘कम्प्युटर चलाउन पाए कस्तो होला भन्ने लाग्थ्यो,’ उनले भने, ‘आफ्नै वडाको सहयोगमा कम्प्युटर सिकाई पाए भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने सपना देख्न थालेको बताए । वेसिक सिकाईमा आफुले कम्प्युटर खोल्न, बन्द गर्न, पठनपाठनसम्बन्धी बालसामग्री खोल्न, टाइपशालाबाट टाइप गर्न जानेको छु,’कामीले भने। कम्प्युटर शिक्षामा विद्यार्थीको औधी रुचि देखिन्छ । तर, विद्यालयले आर्थिकअभावमा विषयगत शिक्षक राख्न सकेको छैन ।

विगत केही वर्ष अघिनै विभिन्न विद्यालयमा कम्प्युटर उपलब्ध भएपनि आवश्यक सीप नहुँदा त्यतिकै थन्क्याएर राखेका छन। तालिम सहभागि विद्यार्थिले अति महत्वपुर्ण रहेको वताएका छन। शिक्षा क्षेत्रमा चालेका कदम प्रभावकारी रहेको वताउदै, गुठिचौर ३ कि रामु वुढाले सीपले मानिसमा निखारता ल्याउने बताउँनुभयो । वडाले तालिम दिएपछि विद्यार्थिहरु हर्षित भएका छन् ।