तिला गाउँपालिकाद्वारा जाडो लक्षित जेष्ठ नागरिकलाई न्यानो  कपडा वितरण 

प्रकाश वि.क जुम्ला 
 जुम्लाको तिला गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै चिसो वाट बच्नका लागि न्यानो  कपडा अन्तर्गत ज्याकेट वितरण सुरु गरेको छ । गाउँपालिकाले ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरि जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रमबाट मंगलबार पालिकाकाे वडा नं. १,२ र ३ वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको गाउँपालिका अध्यक्ष माेतीलाल राेकायाले जानकारी दिनुभयो ।
याे आर्थिक  वर्षमा दश लाख बजेट अध्यक्ष कार्यक्रमबाट विनियोजित गरिएको थियो ।  जेष्ठ नागरिकलाइ उच्च गुणस्तरको ज्याकेट  प्रदान गरिएको छ ।अत्यधिक  बढेको चिसोबाट केही राहत पुगाेस् भनेर याे कार्यक्रम लागु गरिएको हाे । यहाँका नाैवटै वडाका जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरिने गाउँपालिका अध्यक्ष राेकायाकाे भनाइ छ ।
 पहिलो चरणमा पालिकाकाे वडा नं. १ मा ४९ जना,वडा नं. २ मा ७८ र वडा नं. ३ मा ८२ जना गरि जम्मा दुई सय ९ जना जेष्ठ नागरिक लाई न्यानो कपडा ( ज्याकेट ) वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
 जेष्ठ नागरिक संग अध्यक्ष कार्यक्रमबाट क्रमश यहाँका अरु वडाका  जेष्ठ नागरिकको घरमै पुगेर थप ज्याकेट वितरण गरिने भएको छ। जाडो समयमा जीवन सुरक्षाका लागि अहिले याे कार्यक्रम ल्याएको हाे । अब जेष्ठ नागरिकलाई स्वास्थ्य उपचार लगायत अन्य राहतमुखि कार्यक्रम संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताउनुभयो ।
जेष्ठ नागरिकलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको तिला गाउँपालिका उपाध्यक्ष गाेरीकला बुढाकाे भनाइ छ। चिसो याममा यहाँका जेष्ठ नागरिककाे चाहाना अनुसार तिला सरकारले  न्यानो कपडा वितरण गरेकोमा निकै राहत पुगेको छ ।
जेष्ठ नागरिककाे स्वास्थ्य जाँच लगायतका अन्य  कार्यक्रम ल्याउन तिला गाउँपालिका लाग्नुपर्ने तिला-१ का जेष्ठ नागरिक गाेरिकला रावतले बताउनुभयो । पालिकाले न्यानो कपडा  वितरण गरेपछि यहाँका जेष्ठ नागरिकमा खुसी छाएको छ।