बाँके : बाँकेकाे काेहलपुरमा बृहत् जागरण सभा सम्पन्न भएकाे छ । काेहलपुरस्थित चौराहामा शनिबार दलितका लागि दलित अभियानकाे आयाेजनामा जागरण सभा सम्पन्न भएमाे हाे । अभियानकाे`आफ्नो लागि आफैँ´भन्ने नारासहित कोहलपुरमा सभा सम्पन्न भएको हो ।
उक्त जागरणसभाका वक्ताहरुले सदियौंदेखि दलित अपहेलित भएर बाँचिरहेकाले अब आफ्नो अधिकारका लागि आफैँले आवाज उठाउनु पर्ने बताएका थिए ।
२१औँ शताब्दीमा समेत दलित राज्यको मूल प्रवाहमा आउने नसकेको दुखेसो पोख्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । सभ्य र सम्मानित समाजका लागि जातीय विभेद् अन्त्य हुनु पर्ने भए पनि दलित समुदायले अहिले पनि छुवाछुत जस्तो कूप्रथा सहनु परेको उनीहरु भनाइ छ ।
दलित अधिकारको माग गर्नु अरु समुदायको अधिकार नखोस्नु र उनीहरुलाई अपमानित नगर्नु भएको भन्दै दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले भने, ‘अधिकारका लागि गाउँगाउँबाट आवाज उठाउनु पर्छ:अधिकारका लागि नबोल्दासम्म विभेद्को चपेटामा पिल्सिनु पर्ने भन्दै अब दलितहरु एक भएर अगाडि बढ्नु पर्ने उनले बताए ।
डा.निर्मल विश्वकर्माले दलितलाई राज्यले अधिकार सम्पन्न गराउनु पर्ने बताए । त्यस्तै दलित महिना नेतृ तथा पूर्व खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले व्यवस्था परिवर्तन भए पनि दलितहरुको अवस्था उस्तै रहेको बताइन्।
यसै पनि दलित तथा अन्य सीमान्तकृत समुदायले अहिलेको व्यवस्थामा पनि बहिष्करण महसुस गरेको दलित अगुवाहरुको भनाइ छ । संविधानले यसमा केही सुधार हुने आशा जगाएको थियो तर पार्टी नेताहरूले संविधानका प्रावधानहरूको उपेक्षा गर्ने गरेको उनीहरुको भनाइ छ ।
जागरण सभाको अध्यक्षता दलितका लागी दलित अभियान बाँके जिल्ला संयोजक प्रेम बहादुर बैगारको अध्यक्षतामा जिल्लाभरीका करिब २ हजार दलितहरुको उपस्थिति रहेको थियो।दलित जागरण अभियान सभा कार्यक्रमको संचालन सचिन मेघनाथले गरेको सन्दिप परियारले जानकारी दिए।
जुम्ला दर्पण । २६ फाल्गुन २०८०, शनिबार २३:०३