ताताेपानीमा बाल अधिकार सम्बन्धि एकदिने कार्यशाला

जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिकामा बाल अधिकार सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएकाे छ । मंगलबार एक कार्यक्रमका बीच पालिकाका कर्मचारी र नागरिक समाजका पदाधिकारीहरूबीच बाल अधिकार सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएकाे हाे ।

कर्मचारी र नागरिक समाजका पदाधिकारीलाई बालबालिका सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान,बालबालिकाविरूद्व हुने हिंसा न्युनिकरणमा नागरिक समाजकाे भुमिका, बालबालिकामा विनियोजित बजेटबारे जानकारी दिने उद्देश्यले कार्यशाला सञ्चालन गरिएकाे थियाे ।

कार्यशालामा कार्यक्रमकाे उद्देश्यमाथि प्रेमरा सिम्खाडा र प्रकाश शाहीले प्रकाश पारेका थिए । बालबालिका सम्बन्धि राष्ट्रिय कानुनी प्रावधान,बालबालिका सम्बन्धि बनेका कार्यविधि तथा निर्देशिकाबारे जानकारी र समीक्षा तथा नागरिक समाज र स्थानीय तहमा नागरिकको भुमिकाबारे छलफल गरिएकाे हाे ।

तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले नागरिक समाज र स्थानीय तहबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जाेड दिएकी थिइन् ।