जुम्ला : जुम्लाकाे तातोपानी-४ मा करेन्ट लागेर एक पुरूषकाे निधन भएकाे छ । बुधबार दिउँसाे विद्युुतकाे करेन्ट लागेर तातोपानी-४ का अन्दाजी ३६ वर्षीय कालीप्रसाद उपाध्यायकाे निधन भएकाे हाे ।
मृत्यु भएका उपाध्याय जाल्पादेवी विद्युत आयाेजनाका अपरेटर हुन् । उनी तातोपानी-४ हाँकुका स्थायी बासिन्दा हुन् । उपाध्याय विद्युतकाे ट्रान्सफर्मरमा झुण्डिएकाे अवस्था भेटिएका थिए । उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लिदै गर्दा बाटाेमै मृत्यु भएकाे ताताेपानी गाउँपालिका वडा नं -४ का अध्यक्ष अमरबहादुर राेकायाले बताएका छन् ।
राेकायाले पर्थेनी घट्टेगाढ स्थित ७५ केभीकाे ट्रासफर्मरमा चढेर करिब ६:४५ बजेतिर विद्युत बनाउने क्रममा करेन्ट लागेकाे बताए ।
जुम्ला दर्पण । ३० फाल्गुन २०८०, बुधबार २३:१०