जुम्ला : आगामी मंसिर १६ गतेका लागि सरकारले स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिसकेको छ । त्योसँगै उपचुनावको तयारी अघि बढिसकेको आयोगले जनाएको छ ।
निर्वाचन आयाेगका अनुसार देशभरका ४१ स्थानीय तहमा उपनिवर्वाचन हुँदैछ । तीमध्ये कणर्णाली प्रदेशका नाै स्थानीय तहमा पनि उपनिर्वाचन हुन लागेकाे छ । विभिन्न कारणले रिक्त रहेेका कर्णालीका नाै स्थानीय तहमा पनि उपनिर्वाचन हुने भएकाे हाे ।
कर्णालीका दशमध्ये दैलेख,जाजरकाेट,रूकुम पश्चिम,हुम्ला,कालीकाेट र डाेल्पामा उपनिर्वाचन हुनेछ । उपनिर्वाचनमार्फत एक अध्यक्ष,एक नगर उपप्रमुख र दुई उपाध्यक्ष तथा पाँच जना वडाअध्यक्ष चुनिदैछन् ।
२०७९ काे स्थानीय तहबाट नेपाली काँग्रेसबाट एक अध्यक्ष,एक उपाध्यक्षसहित एक वडा अध्यक्ष निवार्वाचित भएका थिए ।
नेकपा एमालेबाट दुई जना वडाअध्यक्ष र नेकपा (माओवादी केन्द्र) बाट एक उपाध्यक्षसहित दुईजना वडाअध्यक्ष जनप्रतिनिधि निर्वाचित भएका थिए ।
दैलेखको महाबु गाउँपालिकाकाे नयाँ अध्यक्ष चुनिँदैछ । २०७९ काे निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लक्ष्मण गुरूङ अध्यक्ष निर्वाचित भएका थिए । उनकाे २०७९ माघ २७ गते ह्रदयघातका कारण निधन भएकाे थियाे ।
कांग्रेसबाटै निर्वाचित भएकाे जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख पद रिक्त छ । नलगाडकी उपप्रमख सरिता सिंहकाे २०८० कातर्तिक १८ गते भुकम्पमा परि निधन भएकाे थियाे ।
यस्तै रुकुम पश्चिमको सानोभेरी गाउँपालिका ५ नम्बर वडा अध्यक्षकाे लागि उपनिर्वाचन हुन लागेकाे हाे । लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको समस्याले ग्रसित तत्कालीन वडाअध्यक्ष खनालको २०८० माघ २२ गते उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।
नेकपा (माओवादी केन्द्र)बाट हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष निर्वाचित चन्द्रसिंह कार्कीकाे यहीँ भाद्र ४ गते सवारी दुर्घटनामा परि निधन भएपछि उक्त पद रिक्त छ ।
यस्तै कालीकोटको तिलागुफा नगरपालिका ४ नम्बर वडा अध्यक्ष परबहादुर शाहीकाे निधन भएपछि खाली रहेकाे पदका लागि चुनाव हुन लागेकाे हाे ।
जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष मनबहादुर घर्तीकाे निवर्वाचित भएकाे दुई महिनामै २०७९ असारमा निधन भएकाे थियाे ।
यसैगरी नेकपा एमालेका तर्फबाट निर्वाचित दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष बिर्खबहादुर शाहीकाे २०८० असारमा ब्रेन ट्युमर र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ नम्बर वडा अध्यक्ष नन्दलाल रोकाकाे निधनपछि पद खाली छ । साे पदका लागि फेरि निर्वाचन हुन लागेकाे हाे ।
शुभाकर विश्वकर्मा । ४ आश्विन २०८१, शुक्रबार ११:५०