जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ५ ले वडा भित्रका लक्षित वर्गलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले शुक्रबार एक कार्यक्रम गरी वडा भित्रका जेष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२÷०८३ मा लक्षित वर्ग कार्यक्रम अन्तरर्गत विनियोजित ६ लाख बजेटमा वडाका २ सय ३० जना लक्षित वर्गलाई न्यानो कपडा वितरण गरिएको तातोपानी गाउँपालिका वडा नं. ५ का अध्यक्ष छिरिङ्ग महतले बताए ।
वार्षिक विनियोजित कार्यक्रम अनुसार जेष्ठ नागरिक, एकल महिला अपंगता भएका व्यक्तिहरु एक सय जना पुरुषलाई न्यानो जकेट र १३० जना महिलालाई जकेट तथा पछ्यौरा वितरण गर्ने योजना रहेको वडाध्यक्ष महतको भनाई छ ।
‘जेष्ठ नागरिकको सम्मान तथा राहतका लागि वडाले सधै लक्षित वर्ग कार्यक्रममा बजेट छुटाउदै आएका छौ,’ उनले भने,‘यो कार्यक्रमबाट लक्षित वर्गहरु प्रत्यक्ष लाभान्वित
भएका छन् ।’
जम्मा लक्षित वर्गमध्य शुक्रबार १ सय २० जना बढीलाई वितरण गरिएको तातोपानी–५ का वडा सचिव विकास आचार्यले कर्णाली मिसनलाई जानकारी दिए । छुटेका लक्षित वर्गलाई कार्यालयमा आएपछि उपब्ध गराईने छ ।

डिल्ली कामी । १७ माघ २०८२, शुक्रबार १७:१३