जुम्लाकाे ताताेपानी धारा बन्द,मर्मत गरिदै

जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर २ जमर्मी गाउँस्थित ताताेपानी धारा बन्द भएकाे छ । जुम्ला जिल्लाकै प्रमुख पर्यटकीय स्थलकाे रूपमा रहेकाे ताताेपानी धारा मर्मतकाे  लागि बन्द गरिने भएकाे हाे ।

तातोपानी गाउँपालिका वडा नम्बर २ ले एक सूचना जारी गर्दै धारामा नुहाउन,अवलाेकन गर्न निषेध गरिएकाे जनाएकाे छ ।वडाअध्यक्ष चन्द्रमान बुढाले मर्मत कार्य सम्पन्न नहुन्जेल दुई ठुला धारामा नुहाउन  बन्द गरिएको बताए ।

तातोपानीका माथिल्ला दुई ठुला धारा मात्रै बन्द हुने भएका छन् । उक्त धाराको पानी पाईप मात्र तल निकालेर नुवाउन प्रयोग गरिने छ ।

माथिका ठुला धारा बन्द हुने भएपनि सम्पुर्ण धारा भने बन्द नहुने तातोपानी पर्यटन विकास केन्द्रले जनाएको छ । तातोपानी धारामा नुहाउन र अवलोकन गर्न दैनिक सयौ आन्तरिक तथा पर्यटन आउने गरेका छन् ।