पर्यटकीय गन्तव्य गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक

प्रकाश बि.क

जुम्ला -कर्णालीकाे नयाँ पर्यटकिय गन्तव्य गिडिदहकाे नापजाँच अध्यायन प्रतिबेदन सार्वजानिक गरिएकाे छ । जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं ४ गिडिखाेला गाउँकाे सिरानमा अबस्थित नयाँ पर्यटन गन्तव्य गिडिदहकाे नापजाँच तथा अध्यायन प्रतिवेदन  विहिबार सार्वजानिक गरिएकाे हाे ।

काठमान्डाै विश्वविद्यालयका उपप्रध्यापक रामदेवी तचामाे शाहले अध्यायन प्रतिवेदन सार्वजानिक गरेकी हुन् ।विश्वविद्यालयकाे टाेलीले नाैदिन लगाएर  गिडिदहकाे लम्बाई,चाैडाई,गहिराई,जीवजनावर,रुखविरुवा,क्षेत्रफल लगायतका पक्षकाे अध्यायन गरेकाे थियाे ।

अध्ययान प्रतिवेदननुसार गिडिदहकाे सानाे र ठुलाे दहकाे गरी कुल लम्बाई, १५१० मिटर रहेकाे छ । जसमा  ठुलाे दह(तालकाे) लम्बाई १०६० मिटर, चाैडाई  ३१० मिटर,  गहिराई ४३.३ मिटर रहेकाे काठ्मान्डाैं विश्वविद्यालयका उपप्रध्यापक शाहले जानकारी दिईन् ।

त्यस्तै गिडिदहकै सानाे दह( तालकाे) लम्बाई ४५० मिटर,चाैडाई २१० मिटर,र गहिराई २१.३ मिटर रहेकाे छ ।

समग्र गिडिदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएकाे छ । भने,राष्टि्य महाेत्व बाेकेका १८ प्ररकारका चरा,७ वटा स्तनधारी जनावर,७४ वटा चराचुरुङ्गी रहेका छन् ।
गिडिदह उचाईका हिसाबले कर्णालीकाे दाेस्राे तालका रुपमा रहेकाे छ । पहिलाे सेफाेक्सण्डाे र तेस्राे रारा ताल रहेका छन् ।

गिडिदहमा जानू हुन्न,अझ महिला गएपछि फर्किदैनन् भन्ने अन्धविश्वास थियाे । तर ताताेपानी-४ काे आयाेजनामा पहिलाे पटक २०७९ साल असार ४ देखि ६ गते सम्म मा ८४ जनाकाे सरकारी टाेली गिडिदह पुगेकाे ताताेपानी-४ का वडाध्यक्ष अम्मर बहादुर राेकायाले बताए ।

उनका अनुसार समुद्रि सहतदेखि ३४८५ मिटर उचाईमा अस्थित गिडिदहकाे छेउमै गिडिदह सम्मेलन गरी गिडिदह घाेषणापत्र समेत सार्वजानिक गरियाे ।

कर्णाली राजमार्ग हाकुबाट गिडिदह सम्मकाे दुरी २९ किमि रहेकाे छ । याे दुरीमा फूलचाैल्या,बाईस पाटन लगायतका पर्यटन क्षेत्र छन् ।  पूर्वाधार विकासका लागि डिपिआर,वातावणिय प्रभाव मुल्यांकन लगायतका काम गरिसकेका छाै । तर लगानी अभावले पुर्वाधार निर्माण हुन सकेकाे छैनन् ।

घाेषणापत्रमा दहकाे नापजाँचलाई प्रथामिकता दिने उल्लेख भएनुसार कुल १५ लाख  लगानीमा नापजाँच गरि प्रतिबेदन सार्वजानिक गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए ।

उनका उनुसार गिडिदह ताताेपानीकाे मात्र नभई जिल्लाकै सम्पत्ति र आर्थिक समृद्दिकाे आधार भएकाेले पूर्वाधार विकासमा लगानी गर्न जरुरी छ ।

राष्टि्य ताल संरक्षण समितिकाे पाँच लाख र गाउँपालिकाकाे १० लाख गरि १५ लाख लगानीमा नापजाँच गरिएकाे ताताेपानीका  प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।।

उनका याे वर्षमै गिडिदह जाने २७ सय मिटर घाेरेटाे बाटाे निर्माण भईसकेकाे छ । उनले भने,’  पर्यटक भित्राउन आबश्यक पूर्वाधार विकासमा जाेड दिन जरुरी छ । साविक कर्णालीकै तेस्राे ठुलाे तालका रुपमा रहेकाे छ । दिगाे संरक्षण,पर्यटक भित्र्याउने वाताबरण सृजना तीनै तहका सरकारले लगानी गर्नु पर्ने जरुरी छ ।’

सडक,घाेरेटाे बाटाेर,खानेपानी,धर्मशाला,संचार,बेलिब्रिज लगायतका पूर्वाधार निर्माण अत्याआबश्यक रहेकाे छ ।