खगेन्द्र कार्कीको नेतृत्वमा वाइसिएल नेपाल जुम्लाको ७१ सदस्यीय कमिटी सर्वसहमत

जुम्ला: नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपाल जुम्लाको अध्यक्षमा खगेन्द्र कार्की निर्वाचित भएका छन् । वाईसिएल नेपाल जुम्लाको छैटौ जिल्ला सम्मेलनबाट कार्कीको नेतृत्वमा ७१ सदस्यीय कमिटी सर्वसहमत निर्वाचित भएको हो ।

जसको उपाध्यक्षहरुमा हरि बोहोरा,पुर्णा सुनार र तप्तराज जैशी ,सचीवमा सत्यनारायण योगी चयन भएका छन् । सह सचिवहरुमा मान बहादुर कठायत, भागिरती भण्डारी,बिर्ख कामी, बिनराज बुढा र कोषाध्यक्षमा विष्णुचन्द्र विष्ट चयन भएका छन् ।