बलिबहादुर बुढा अर्थात ‘शनिबारे स्वास्थ्यकर्मी’

मुगु :  बलिबहादुर बुढा पेशाले स्वास्थ्यकर्मी हुन् । मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा कार्यरत छन् । शाखाका सह-संयाेजककम रुपमा उनी त्यहाँ कार्यरत रहेको पाँच वर्ष बित्यो । मुगुका चार स्थानीय तहमध्ये दुर्गम मुगुम क्षेत्रमा बसेर उनी चुपचाप सेवा गरिरहेका छन् ।

गाउँपालिका एक मुगु र बा¥ह करान क्षेत्र हो । अनि केही खस गाउँहरु मिलेर बनेको छ,मुगुम कार्मारोङ । यसको बीचबाट मुगु कर्णाली बग्दछ । किम्बदन्ती अनुसार कर्णाली नदी ‘जसको कारण प्रदेशको नाम रहेको छ’ को नाम करानको नामबाट नामाकरण भएको बताइन्छ ।

यो गाउँपालिकाको पूर्वतिर डोल्पा,पश्चिमतिर हुम्ला, उत्तरतिर छायाँनाथ रारा नगरपालिका र दक्षिणतिर जुम्ला छन् । प्रसिद्ध तीर्थस्थल छायाँनाथ यहीँ पालिकामा पर्दछ । यस गाउँपालिकामा उनले २०७६ साल फाल्गुणबाट सेवा गर्न सुरु गरेका हुन् ।

उनी मुगुम कार्मारोङ गाउँपालिकामा समायोजन भएर गएका थिए । स्वास्थ्य सुचक र स्वास्थ्य सेवाबाट पछाडी परेको यस क्षेत्रमा आफू केही अठोटका साथ गएको बताउँछन् । सोही अठोट अनुसार कार्य गरिहेको छन्, उनी । विविध अठोट मध्येको एक थियो,‘हरेक शनिबार गाउँमा गएर स्वयमसेवा गर्ने ।’

पाँच वर्षदेखि उनी शनिबारको दिनपनि गाउँघरमा डुलिरहेका हुन् । यहीँ कर्मले उनले (शनिबारे स्वास्थ्यकर्मी)को परिचय नै बनाएका छन् । कोभिड महमारी नियन्त्रणमा प्रमुख जिम्मेवारीले विभिन्न धार्मिक, परम्परा, चालचलन,सस्कारसँगै नयाँ पाठ सिक्ने अवरसर प्राप्त भएको उनी बताउँछन् ।

जागिरको धैरै जसो सेवा अवधी मुगुम कार्मारोङ गाउँपालिका बिताएका उनी टोल वस्ती र वडामै बिताउँछन् । मुगुम क्षेत्रको स्वास्थ्य बुझेका उनी अतिरिक्त सेवा गरिरहेका छन् । हाल गाउँपालिकाका सबै बस्तीहरूका समुदायमा पुगिरहेका छन् । यसका लागि यहा उपलव्ध स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि उनको अभियानका सदस्य हुन् ।

हरेक सकारात्मक सोच भित्र नै सकारात्मक परिणामहरू प्रशस्त हुन्छन्,भन्ने उदाहरण बनेका छन्,उनी । मुगु जिल्लाको उतर पुर्वतिर पर्ने मकार्मारोङ गाउँपालिका करिब नब्बे प्रतिशत जनजाती समुदायको बसोबास छ । मुगुम कार्मारोङ गाउँपालिका चीनसँग सिमाना जोडिएको छ ।

कार्यालयको नियमित कामसँगै शनिवारे स्वास्थ्य सेवा र परामर्श अर्को महत्वपूर्ण काम हो, याे अभियान २०७९ जेष्ठ २० गतेबाट सुरू भएकाे हाे ।

गाउँपालिाकास्थित पापुँ गाउँबाट सुरु भएको थियो, शनिबारे सेवा । हाल यो अभियान दोल्फु,चितै मुगु, कार्ति,किर्मी, ताखा,खारि,दाउरा,सेरोग,पुवा,रिउस,मह,माग्री,पापु,छायल,चिमाथ गरि १६ गाउँ र एउटा आवासीय विद्यालय तथा एउटा आवासीय गुम्बा लगायत विभिन्न बिद्यालयहरुमा बिस्तार भइसकेको छ ।

कर्णालीको अभाव रोगभोक बुझ्न नसकेको सिंहदरबारले स्वास्थ्यकर्मीका समेत समस्या नबुझेकोमा दुःखी छन् । सदरकुकामबाट अहिलेपनि औषधि पु¥याउन सकस झेल्नु परेको गुनासो सुनाउँछन् उनी । मुगु जिल्लाको मुगु कार्मारोङ गाउँपालिका अन्तर्गतको मुगु स्वास्थ्य चौकी पुग्न मुगुको सदरमुकामबाट झन्डै तीनदिन लाग्ने गर्छ ।

झोलामा स्वास्थ सामग्री र औषधि बोकेर मुगु कर्णालीको तिरैतिर हिँड्दा ज्यान नै जोखिम छ । साँघुरो बाटोमा माथिबाट खस्ने ढुङ्गा,ज्यान जोगाउँदै दौडिनु पर्ने बाध्यता भोगेका छन्,बलिबहादुरले ।

वृद्ध आमाबुबा र बालबालिकाहरु यसको चरम मारमा छ्न । दुर्गममा चिकित्सक सधैभरि बस्न सम्भव छैन । यस पालिकामा केही यस्ता गाउँ छन् ।जो पालिका आउन दुईदिन कठिन पैदल यात्रा गर्नुपर्छ । उहाँहरुको सहजताका लागि आफूले शनिबारे सेवा सुरु गरेको उनले बताए । उनीहरुको घरमै पुगेर निःशुल्क सेवा दिइरहेका छन् ।

सबैले डाक्टर भनेर बाेलाउँछन्,अधिकांशले ।` हेलाे शनिबारे गाउँको डाक्टर साब । आज हाम्रो गाउँमा आउनु भनेर निम्तो आउँछ । ´, उनले भने ।उनीहरूले भनेकाे डाक्टर शब्दले पदीय रुपमा डाक्टर नभयपनि डाक्टरको दक्षताकाे आफैमा खाेजी गर्दै स्वास्थ्य परामर्श दिइरहेका छन् ।

शनिबारे सेवामा दीर्घ रोग,उच्च रक्तचाप,सुगर,क्यान्सरबाट पीडित र स्वास्थ्य सरसफाइका साथै चोटपटक,दुर्घटना,खोप सुत्केरी समस्या र स्वास्थ्य बीमाको प्रचारप्रसारका साथै समुदायिक स्वास्थ्यमा प्रचाव पार्ने कुरा हको जनचेतना,घरमै रहेका दीर्घ रोगीहरुको उपचारमा सहयोग र परामर्श गर्दै आएका छन् ।

स्वास्थ बीमाकाे पहुँचमा कम छ करान क्षेत्रमा । पालिकाले दलित समुदायका सबै घरधुरीलाई बिमा गरेपनि नविकरण हुदैन । अन्य परिवारहरुकाे भने बिमा छैन ।एक प्रमुख कारण दुर्गममा चिकित्सक नआउनु र बिरामी घरमै छट्पटी हुनुले त्यसको बिकल्प शनिबारे सेवा ले समस्या समाधान गरेकाे , कार्माराेङका गाउँमा पुग्न १/२ दिन लाग्छ तर,आइतबार अफिसमा हाजिरी हुनुपनि अनिवार्य ठान्छन् ।

पालिकाका केहि बस्तीमा १ बर्षमा झण्डै ६/७ जनाकाे जाड रक्सि र मध्यपानले मृत्यु भइसकेकाे छ ।हाल नसर्ने रोगको प्रकोप र कारक तत्व जाँड रक्सीको अत्यधिक सेवनले परेको स्वास्थ्य समस्याका अल्पआयुमै निधन हुने गरेको उनले जानकारी दिए ।

सबै किसिमका रोगको सामान्य उपचार गर्नुका साथै काउन्सिलिङ् गर्ने र रेफर गर्ने समेत गर्छन् । यहाँका मानिसहरुमा जनचेतनाको कमीका कारण धामी झाक्री र लामा नै पहिलो प्राथमिकतामा पर्छन् । स्वास्थकर्मी प्रतिको जनविश्वास दिलाउनपनि शनिबारे सेवा आवश्यक परेको सुनाए ।

‘जब बिरामीहरुको उपचार भएपछि ती ओठमा खुसी पाउँछु अनि मेरा आँखा खुसीका आँसु बग्छन् । हातमा केही हातमा रुपैयाँ थमाउन खोज्नुहुन्छ ।तर,म उहाहरुकै मान्य देवता र लामाको कसम खादै भन्छु मैले लिने गरेको छैन खर्च ।’, उनले आफ्नो अनुभव सुनाए ।

यार्चागुम्बु टिप्ने समयमा यार्सा टिप्नेहरुसँगै पाटमै पुगेर स्वास्थ्य सेवा दिने गरेका छन् । सुत्केरीहरुलाई जिल्ला हस्पिटल रेफर गर्नु पर्ने अवस्था आए स्टेचरमा सुत्केरी बोकेर कयौं रात जिल्ला अस्पताल दौडिन्छन् ।

यो शनिवारे सेवामा गाउँ सहयोग गर्ने जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्यकर्मीले राम्रो साथ दिएका छन् । आफूले निःशुल्क सेवा गर्ने भएकोले कसैलाई पैसा दिन सक्दैन ।

गाउँमा उपचार गर्दा निस्केको फोहोर आफै समेत डिस्फोज गरि आउने गरेको उनको भनाइ छ । यो यस्तो सेवादेखि जेष्ठ नागरिक र अपांगतासंगै निम्न बर्गका मानिस खुसी छन् ।

पालिका बाट जिल्ला सदरमुकाम बिरामी जादाँ प्रत्येक बिरामीले पैदल गाडी र सबै दुख गर्दै ५–७ हजार खर्च हुन्छ । अनि जटिल अवस्थामा काठ्माडौ सम्म र भारतसम्म उपचार गर्न जादा लाखौ खर्च हुन्छ । घरमा थोरै उपचार र धेरै परामर्शले केही राहत भएको उनको अनुभव छ ।