कर्णालीमा ‘म्यासेज’बाट तारेख र जुममार्फत बहस र वकपत्रको व्यवस्था

शुभाकर विश्वकर्मा,जुम्ला :
उच्च अदालत सुर्खेत जुम्ला इजालासले प्रविधिमैत्री सेवा सुचारु गरेको छ । चालु आर्थिक वर्षको असोज महिनादेखि न्यायिक प्रक्रिया सम्पादनमा प्रविधिको प्रयोग गरिने भएको हो । प्रविधिमैत्री सेवा अन्तर्गत अनलाइन÷म्यासेजबाट तारेख र जुममार्फत वकपत्रको व्यवस्था गरिएको उच्च अदालत सुर्खेत जुम्ला इजालासले जनाएको छ ।

विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जुम्ला इजालासका वरिष्ठतम् न्यायधीश श्रीमणकुमार गौतमले अदालतको न्यायिक प्रक्रियालाई छिटो छरितो र प्रविधिमैत्री,कम खर्चिलो बनाउन अनलाइनबाट तारेख र जुममार्फत वकपत्रको व्यवस्था गरिएको बताए । उनका अनुसार कर्णाली प्रदेशका पाँच वटा जिल्लामा कार्यक्षेत्र रहेको जुम्ला इलाजासमा न्यायिक प्रक्रियामा प्रविधिमैत्री सेवाको विस्तार गर्न लागिएको हो । कर्णालीका जुम्लासहित कालीकोट,मुगु,हुम्ला र डोल्पामा इजालासको कार्यक्षेत्र रहेको छ । यो प्रविधि यसअघि सर्वोच्च अदालतसहित नेपालगन्ज र दिपायलमा समेत लागू भइसकेको छ । ती मध्ये दिपायलमा सेवा प्रभावकारी भएको नजिरसहित कर्णालीमा पनि उक्त सेवा लागू गर्न लागिएको उनको भनाइ छ ।


उक्त सेवा लागू भएपछि अब कुनैपनि व्यक्तिले तारेखको लागि जुम्लास्थित अदालतमा भौतिक रुपमा उपस्थित हुनुपर्दैन । प्रविधिको प्रयोग गरेर म्याजेसमार्फत तारेखबारे जानकारी पाइने न्यायधीश गौतमले बताए । यसैगरी कुनैपनि मुद्धाको बहस र वकपत्र सम्बन्धित जिल्लाको जिल्ला अदालतबाट जुम प्रविधिमार्फत गर्न सकिने जुम्ला इजालासले जनाएको छ । सो प्रविधि लागू भएपछि कुनैपनि मुद्धाको वकपत्रको लागि डोल्पाका नागरिक जुम्ला आइरहनु पर्दैन । मुद्धासँग सम्बन्धित व्यक्ति र कानुन व्यवसायीले समेत सम्बन्धित जिल्लाबाट वकपत्र दिन र बहस गर्न सक्नेछन् ।


कर्णालीका पाँच जिल्लामा चिसो महिनामा न्यायिक प्रक्रियामा हुने ढिलासुस्ती र भौगोलिक विकटताका कारण नागरिकले भोग्नु परेको सास्तीलाई मध्यनजर गरेर सेवा विस्तारको तयारी गरिएको उनले बताएका छन् । कर्णालीका उच्च हिमाली जिल्लाहरुमा चिसो याम, वर्षा तथा प्राकृतिक विपद् लगायतका समयमा न्याय सम्पादनमा निकै कठिनाइ हुने गरेको छ । ‘न्यायिक प्रक्रियालाई छिटो छरितो बनाउने हाम्रो उद्देश्य रहेको छ । केही वर्षयता कुनै पनि मुद्धाको निरुपणको लागि एक वर्ष समय लाग्दैन । कम्तिमा ६ महिनाभित्रै मुद्धा किनारामा लागेका छन्,’ उनले भने,‘ अब लामो समय फैसला कुर्न नपर्ने परिपाटीको सिर्जना गर्छौ । तारेखमा अनलाइन प्रणाली लागू गरिएको छ । अब जुममार्फत वकपत्रको व्यवस्था गरिएको छ ।’ जुम्ला र धनकुटासहित पाँच वटा उच्च अदालतमा प्रविधिमैत्री सेवा सुरु गरिएको जनाइएको छ ।
उक्त अवसरमा कार्यक्रम बारे जानकारी दिदैँ उच्च अदालत सुर्खेत जुम्ला इजालासका रजिष्ट्रार यामप्रसाद बाँस्कोटा सर्वोच्च अदालतको चौथो पञ्चवर्षीय योजना अन्तर्गत सूचना प्रवाह र सेवा सम्पादनका विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
को आयोजना गर्दैन्यायिक प्रक्रियामा प्रविधिको प्रयोग सुरु गरेको छ । भौतिक उपस्थितिमा न्यायिक प्रक्रियामा ढिलासुस्ती हुने भएका कारण