दुर्गा मावि घटना : छानबिन समितिले बुझायाे प्रतिवेदन

जुम्ला : जिल्लाकाे तातोपानी -५ स्थित दुर्गा मावि लाम्रामा भएकाे घटनाकाे विषयमा अध्ययन गर्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएकाे छ । असार ११ गते स्कुलमा भएकाे घटनाकाे यथार्थ छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएकाे हाे ।

उक्त स्कुलका विव्यस अध्यक्ष आदीप्रसाद न्याैपाने र विद्यालयका शिक्षक जयशंकर धितालबीच कुटाकुट भएकाे थियाे । साेही विषयमा अध्ययन गर्न गठित समितिले गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईंलाई घटना प्रतिवेदन बुझाएकाे हाे ।

छानबिन समितिका संयाेजक विशाल खड्काका अनुसार गाउँपालिकाले दिएकाे समयावधि भित्र घटनाबारे बृहत् अध्ययन गरेर प्रतिवेदन बुझाइएकाे छ ।

उनले भने, `हामीले निर्धारित समयमै प्रतिवेदन बुझाएका छाै । हामीले जिम्मेवारी निभायाै । बाँकी कुरा कार्यपालिकाले निर्णय गर्ला ।´
गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले पनि छानबिन समितिले प्रतिबेदन बुझाएकाे पुष्टि गरे । उनका अनुसार समितिले घटना अध्ययन गरेर प्रतिवेदन बुझाएकाे छ । चाैलागाईंले भने,` प्रतिवेदन आएकाे छ । अब केहीदिनमा कार्यपालिका बैठक बस्छ । त्यसपछि निर्णय हुन्छ । अनि प्रतिवेदनपनि सार्वजनिक गर्छाै ।´

समितिले सप्रमाण घटनामा सलंग्नलाई कारबाही सिफारिस गरेकाे पनि उनले बताए । प्रतिवेदन अक्षरस कार्यान्वयन हुनेपनि अध्यक्ष चाैलागाईंकाे भनाइ छ ।

तातोपानी-६ का वडाअध्यक्ष विशाल खड्का संयाेजक रहेकाे पाँच सदस्यीय समितिमा सदस्यहरूमा वडा नम्बर ३ का वडाअध्यक्ष गोकर्ण रावल, ४ नम्बर वडाका वडाअध्यक्ष अमर बहादुर रोकाया, महिला विकास तथा बालबालिका शाखा प्रमुख शान्ती भक्री सेजुवाल र शिक्षा विकास शाखा प्रमुख सुरत बहादुर शाही रहेका थिए ।