गुठीचाैरमा वडा स्तरीय बालभेला सम्पन्न

जुम्ला : जिल्लाकाे गुठीचाैर गाउँपालिकामा वडा स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ । गुठीचौर गाँउपालिका वडा ४ को आयोजना वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा र किर्डाक नेपालको समन्वयमा कार्यक्रम सदरमुकाम धवलमुडिमा सम्पन्न भएको हो ।

बाल संरक्षण परियोजना अन्तर्गत स्थानीय सरकारको योजना निर्माणमा बालबालिकाको सहभागीता गराइ उनीहरुको माग सम्बोधन गरीनुपर्ने भन्दै कार्यक्रमको आयोजना गरएिको हो  वडास्तरीय बाल भेला कार्यक्रमबाट ७ वटा कार्यक्रम वडा र पालिकामा प्रस्ताव गर्ने निर्णय भएका छ ।

जस अनुसार बालबालिकाको समुहिक छलफलबाट निर्णय निर्णय भएका छन । सरकारवालासँग विद्यालयमा शैक्षिक सामाग्री उपलब्धताका लागी पहल गर्ने, वालविवाह छाउपडि तथा धुर्मपान रोगथामको लागी विभिन्न अभियान संचालन गर्ने तथा वनेको कानुनको कार्यन्वयन गर्ने, वाल अधिकार तथा वाल संरक्षण सम्बन्धि विविभन्न कार्यक्रम गर्ने, वालवालिका प्रोफाईल निमार्ण तथा आचार संहिता निमार्ण अथवा महिला हिंसा सचेतना मुलक कार्यक्रम गर्ने, वालमैत्रि संचरना निमार्णमा जनप्रतिनिधि र कर्मचारिहरुलाई अभिमुखिकरण गर्ने, जातिय विभेद सम्बन्धि जनचेतनामुलक कार्यक्रम तथा विपन्न वालवालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराईनुपर्ने र विद्यालयमा वालमैत्रि धारा तथा शौचालय वनाईनुपर्ने लगाएत आर्थिक वर्ष २०८१÷०८२ का लागी पेश गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा बिषय बस्तुको बारेमा जानकारी गराउदै बाल सँरक्षण परियोजना अधिकृत श्रीराम थापाले योजना निर्माण गर्दा बालबालिकालाइ अनिबार्य सहभागीता गराउनुपर्ने प्रावधान रहेकाले स्थानीय सरकाले उक्त कुरामा ध्यान दिदै योजनन निर्माण गर्दा बालबालिकाको सहभागीता अनिबार्य गर्नुपर्ने र माग सम्बोधन गर्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा गुठीचौर गाँउपालिका वडा ४का वडा अध्यक्ष टिकादत्त न्यौपानेले आफु निर्बाचित भैसकेपछि बालबालिकाको हक अधिकारको क्षेत्रमा गम्भिर रहेको बताए। साथै उनले आफुले योजना निर्माण गर्दा बालबालिकालाइ नछुटाउने र उनीहरुको हक अधिकारको लागी आफुसम्म पुगेका बालबालिकाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, गुठीचौर गाँउपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुस्मिता थापाले यो आर्थिक वर्षमा वडा ४ लाई वालविवाह मुक्त वडा घोषण गर्ने बताए । उनलेले वालविवाह न्यनिकरणका लागी वर्षको कार्यक्रम वडा१ देखि ५ सम्मा गदै आएको वताउनुभयो । उहाँले यो आर्थिक वर्षमा वालविवाह मुक्त वडा वनाउन लागी परेको वताउनु भएको थियो ।

गुठिचौर गाँउपालिका वडा ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गुठिचौर गाँउपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुस्मिता थापा, किर्डाक नेपाल फिल्ड अधिकृत राम शंकर दवाडि रहेका थिए ।  गुठिचौर गाँउपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुस्मिता थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नम्बर ४ का बाल क्लब सञ्जालका ३० जना बालबालिकाको उपस्थिती रहेको थियो ।