जुम्ला : चिमारा मालिका बाल क्लब समूहको आयोजनामा बालविवाह न्यूनिकरण सम्बन्धी जनचेतनामुलक सडक नाटक देखाइएको छ । बाल विवाह न्यूनीकरण सम्बन्धी जनचेतनामुलक सडक नाटक शुक्रबार गुठिचौर गाउँपालिकाको वडा ४ को दसौदि र प्याकुरेबाडामा संचालन गरिएको हो ।
उक्त कार्यक्रममा बाेल्दै, गुठिचौर गाँउपालिका वडा ४ अध्यक्ष टिकादत्त न्यौपानेले वाल विवाह गर्दा वहुविवाह बढेको बताए बहु विवाहलाई कमगर्न र आफ्नो वडाको बालवालिकालाई सुरक्षित बनाउन गतवर्षबाट निरन्तर बाल बिबाह न्यूनीकरण अभियानमा लागी परेको उनले बताए
आजैका दिनबाट वाल विवाह अन्त्य गर्न सहयोग गर्न अध्यक्ष न्यौपानेले वडावासिमा अपिल गरे । महिनावारि नराम्रो नभई प्रकृतिक नियम भएको वताउदै, सवैले आफनो छोरि वुहारीलाई सुरक्षित कोठामा राख्न र मिठो खाने कुरा दिनका लागी आग्रह गरे ।
आफ्नो वडामा कसैले बाल बिबाह गरे कानुन अनुसार ३ बर्ष जेल सजाय र ३० हजार जरिवाना हुने उनले जानकारी दिए ।कानुन अनुसार बालविवाह गराउने किशोर किशोरीको बावुआमा, पुरोहित, बाजाटिम, जन्ति अन्य सहभागिलाई सहित कार्वाहि गर्ने भएकोले सचेत बन्न अनुरोध गरे ।
बाल विवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालय स्तरका बालबालिकालाई जानकारी दिने उद्देश्यले यो सडक नाटक प्रदर्शनी गरिएको बाल क्लबले जनाएको छ।
उक्त सडक नाटकमा विद्यालय उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले बालबालिकाको शिक्षामा परेको असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालिन असर र त्यसको कारण बालिकाको हुने गरेको घटनालाई नाटकमा देखाइएको थियो ।
यस्तै २० वर्ष मुनिका बालबालिकालाई वाल विवाहबाट जोगाउने उदेश्यले चेतना समेत फैलाइएको थियो । वडाको सवै टोल बस्तिहरुमा संचालन गरिएको छ ।
विषेश गरेर बाल विवाह न्यूनिकरण गर्नका लागि नाटक तयार पारिएको चिमारा मालिका बाल क्लबका अध्यक्ष तथा नाटकका पात्र धन प्रसाद न्यौपानेले बताए। गुठिचौर- ४का नाटक हेर्न आएका सहभागिले यो कार्यक्रमले बाल विवाह न्युनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
जुम्ला दर्पण । २९ बैशाख २०८१, शनिबार ०९:०९