जुम्ला : नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा जुम्ला ईन्चार्ज गोमा गौतम कुँवर चुनावी अभियानको कमाण्डर बनेकी छन् । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा नरेश भण्डारी उम्मेदवार छन् ।

भण्डारीलाई जिताउनको लागि गठन गरिएको १ हजार ९९९ सदस्यीय निर्वाचन परिचालन समितिको कमाण्डरको नेतृत्व गर्दै कुँवर चुनावी कमाण्डर बनेकी हुन् । नरेश भण्डारीको चुनावी कमाण्डरको रुपमा इन्चार्ज गौतमलाई जिम्मेवारी दिइएको छ ।
यो समितिले जिल्लाका अगुवा कार्यकर्ता भेलाबाट गठन गरिएको हो ।उक्त पार्टीले उम्मेदवार भण्डारीलाई जिताउनका लागि यहाँका आठवटै स्थानीय तहमा समेत इन्चार्ज र सह इन्चार्ज समेत तोकेको छ।

जुम्ला दर्पण । १८ माघ २०८२, शनिबार १७:३२