तिलामा सुनौलो हजार दिनका आमालाई फिल्टर वितरण

रेशम अनुराग

जुम्ला

तिला गाउँपालिकाले सुनौलो हजार दिनका  आमाहरुलाई फिल्टर वितरण गरेको छ ।  सुरक्षित  खानेपानी, स्वस्थ  जिन्दगी  भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकाले सुनौला हजार दिनका गर्भवती महिलालाई फिल्टर  वितरण गरेको हो ।

गाउँपालिकाकी नर्सिङ अधिकृत जानकी हितान (शाहि)का अनुसार गाउँपालिका अन्र्तगत वडा नम्बर ३,४,र ५ का ६०  आमाहरुलाई  फिल्टर वितरण गरिएको थियो ।  आगामी दिनमा  नर्ससँगको भेटघाटबाट गर्भवतीलाई सल्लाह  सुझाव लिने र स्वास्थ्यमा ध्यान दिए मात्र जीवन सुरक्षित गराउन सकिने अवस्था रहेको उनले बताइन् ।

तिलामा मातृशिशु मृत्युु दर शून्य छ।  कुरामा सिमित हुनुभन्दा स्वस्थ  जाचमा सिकेका कुरा छर छिमेकीलाई सचेत गराउने गरेको उनको भनाइ छ ।   

वडा नम्बर ५का वडा अध्यक्ष  ललित बहादुर शाहीले गाउँघरमा गएर अल्ट्रासाउन्ड  गरिरहेको  बताए ।  वडाका महिलाहरुको स्वास्थ्य अवस्थाका विषयमा वडा कार्यालय गम्भी रहेको उनले बताए ।  तिला गाउँपालिकाकी उपाध्यक्ष  गोरिकला बुढाले महिलाहरुको शसक्तिकरण आवश्यकता रहेको बताइन् ।