मुगु : हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्ला लाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
मुगु जिल्लामा रहेका १ नगरपालिका र ३ गाउँपालिका गरि ४ स्थानीय तह छन । सबै स्थानीय तह यस अघि साक्षर घोषणा भए संगै सोमबार मुगु जिल्ला लाई देशकै ६५ औ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरीएकोे छ । मुगु साविक कर्णालीका ५ जिल्ला मध्ये पहिलो साक्षर जिल्ला घोषणा हुन सफल भएको छ ।
छायाँनाथ रारा नगरपालिका ९६.२५ प्रतिशत, सोरुमा गाउँपालिका ९६.५ प्रतिशत मुगुमकारमारोङ गाउँपालिका ९५ प्रतिशत र खत्याड गाउँपालिका ९६. प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । साक्षर हुन तोकिएका सूचकहरु पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी ,जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की ,छायांनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम लगायत पालिका प्रमुखहरुले सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर ब्यानारमा हस्ताक्षर गदै मुगु जिल्ला लाई साक्षर घोषणा गरेका छ्न् ।
तोकिएका १२ सूचकहरुमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार छायाँनाथ रारा नगरपालिका लाई गत असोज २ गते खत्याड गाउँपालिका र मुगुमकामारोङ्ग गाउँपालिका लाई असोज ४ गते र सोरुगाउँपालिका लाई असोज ५ गते गरी चार वटै स्थानीय तह साक्षर घोषणा पछि सोमबार मुगु जिल्ला लाई नै साक्षर जिल्ला घोषणा गरिएको छ ।
नेपालको जनगणना २०७८ अनुसार मुगुमा कुल जनसंख्या ६४ हजार ५ सय ४९ रहेको छ जनसंख्या रहेको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाईएको छ ।
हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा जिल्लालाई साक्षर घोषणा गर्ने नीति अनुरुप मुगु जिल्लाको साक्षरता सुचक ५० प्रतिशत भन्दा माथी पूरा भएकाले साक्षर जिल्ला घोषण गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले बताए ।
सामुदायिक स्वास्थ्य इकाइहरु प्रदेश सरकारले गाउँ गाउँ खोलेपनी बजेट नदिदा चलाउन समस्या भएकाले कि बजेटको व्यवस्था गर्न कि खारेज गरिदिनहुन सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाहिले कार्यक्रममा उपस्थित सामाजिक विकास मन्त्री घनश्याम भण्डारीमार्फत कर्णाली प्रदेश सरकारलाइ आग्रह गरे ।
छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले छायाँनाथ रारा नगरपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनाउन सफल भएको बताएका छन । घोषणाले मात्र नभई छायाँनाथ रारा नगरपालिकामा ५ वटा सामाुदायिक सिकाई केन्द्र स्थापाना भएका छन । त्यसै अनुरुप अध्ययनका क्रियाकलाप अगाडी बढाई छायाँनाथ रारा नगरपालिकाका लाई सत प्रतिशत साक्षर बनाउने योजनामा रहेको नगर प्रमुख भामले बताए ।
कार्यक्रममा स्थानिय देउडा,हुड्के नाच सहित विभिन्न विधालयहरुले सास्कृतिक कार्यक्रम प्रदर्शन गरेर कार्यक्रम रोचक बनाइएको थियो ।
जुम्ला दर्पण । ७ आश्विन २०८१, सोमबार १८:४३