गजल बसन्त बिश्वकर्मा (बर्षात)

बसन्त बिश्वकर्मा (बर्षात)

डाँडा काँडा एक्लै हिन्छु झल्को आउँछ तेरो ।

धेक्या सुईना छटपटिन्छु झल्को आउँछ तेरो ।।

न फोन हुन्छ न नेट चल्छ कुडा अरौँ भन्या ।

आँसु जस्तै छ छल्किन्छु झल्को आउँछ तेरो ।।

नभोक लाग्छ ननिद लाग्छ बोलीदिन्या कोई नाई ।

भित्र भित्रै जलिदिन्छु झल्को आउँछ तेर‍ो ।।

तेरै हात्ले पकायाको जाउलो खानु काँ छ ।

रोला खोला पानी पिन्छु  झल्को आउछ तरो ।।

भसक्कै याद आउँछ तेरो आखामी देखिन्छै ।

मन भरिको माया लिन्छु झल्को आउँछ तेरो ।।

          बसन्त बिश्वकर्मा (बर्षात)

              गाएक तथा लेखक
खाडाचक्र नगरपालिका वडा नँ ४ ताडि कालिकोट