जुम्ला : जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ ले जेष्ठ नागरिक,अपांगता भएका व्यक्ति र एकल महिलालाई न्यानो कपडा वितरण गरेको छ । वडा नम्बर ६ को आयोजनामा वडामा रहेका विभिन्न बस्तीका जेष्ठ नागरिक,अपांगता भएका व्यक्ति र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको हो ।
वडाअध्यक्ष विशाल खड्का अनुसार वडाका विपन्न, जेष्ठनागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरुको जाडो छल्नका लागि न्यानो कपडा वितरण गरिएको हो ।
२४ जना एकल महिला न्यानो स्वीटर,६८ वर्ष माथिका ४३ जनालाई न्यानो ज्याकेट, ६० वर्ष माथिका ६७ जनालाई न्यानो गलबन्दी र टोपी गरी १३४ जनालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष खड्काले बताए । उनले भने लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्र्तगत न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालय खुलेपछि बालबालिकालाई खेलकुद र शुद्ध पानी पिउन प्रयोग गर्न मिल्ने फिल्टर र अपाङ्गता भएका व्यक्तिलाई पनि न्यानो कपडा वितरण गर्ने योजना रहेको उनले सुनाए ।
उक्त अवसरमा बोल्दै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले चिसो समयमा वडाले न्यानो कपडा वितरण गर्नु महत्वपूर्ण कार्यक्रम भएको बताए । उनले भने आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि यो कार्यक्रमले केही सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।
जुम्ला दर्पण । ३० पुष २०७९, शनिबार २०:३२