जुम्ला : नेकपा (माओवादी केन्द्र), जुम्लाले जिल्लाका ६० वटै वडामा खबरदारी सभा गर्ने भएकाे छ । साेमबार बसेकाे पार्टीकाे बैठकले यहीँ कात्तिक २९ गते जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा खबरदारी सभा आयाेजना गर्ने भएकाे हाे ।
नेकपा (माओवादी केन्द्र), जुम्लाका इन्चार्ज नरेश भण्डारीका अनुसार पार्टीले समसामयिक राष्ट्रिय तथा स्थानीय विषयमा जनतामाझ सत्यतथ्य जानकारी दिने उद्देश्यले खबरदारी सभा आयाेजना गर्न लागिएको हाे ।
भ्रष्टाचार, कुशासन,कुरिती तथा सहकारी लगायतका विषयमा आमसभा मार्फत खबरदारी गर्न लागिएकाे उनले बताए ।
यस्तै सिञ्जा सभ्यता विधेयकका विषयमा सतहमा आएकाे विवाद तथा जिल्लाका गाैरवमय आयाेजनाका विषयमा समेत नागरिकहरूलाई जानकारी दिइनेछ । साे सभाका लागि ६० वटै वडामा कमाण्डर ताेकिने भण्डारीले बताए ।
जुम्ला दर्पण । २६ कार्तिक २०८१, सोमबार १९:१४