डिल्ली अन्जान
जुम्ला -जुम्लाको विकास निर्माण सहितका काममा राजनैतिकदलले थप सक्रियता जनाउने भएका छन् । जुम्ला स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधि, पूर्व मन्त्री तथा सांसदहरुले जुम्लाको विकास निर्माणमा चासो राख्दै जिल्ला समन्वय समिति तथा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएका हुन ।
दलहरुले ध्यानाकर्षण गराएपछि जिल्ला स्थित सरकारी कार्यालयहरु, राजनैतिक दल, जिल्ला समन्वय समिति, सुरक्षा निकाय सहित सरोकारवाला निकायहरु सँग छलफल भएको छ । दलहरुले जिल्लाको विकासमा राजनैतिकदलको सहयोगको प्रतिवद्धता जनाउदै प्रशासनलाई ध्यानार्षण गराएका छन् ।
ध्यानाकर्षणमा उल्लेख छ । संघीय गणतन्त्र पश्चात जनताका असिमित अपेक्षा अनुसारको सेवा नपाएको र अस्थिर राजनितिक अवस्थाका कारण जनतामा निराशा उत्पन्न भैरहेको अवस्था देखिन्छ । जिल्लामा प्राप्त सेवा, श्रोत र साधनलाई जनताका पक्षमा अधिकतम प्रयोग गरि जिल्लामा सुशासनको प्रत्याभूति गर्न हामी सबैको भूमिका रहनु पर्दछ । राजनितिक दल र कर्मचारी तन्त्रहरुको साझा समझदारीले नै जनतालाई सुशासन दिन सकिन्छ । त्यसैले जुम्ला जिल्ला स्थित क्रियाशिल राजनितिक दलहरुको बैठकले जिल्लाको बिकास निर्माण, जनसरोकारका सवालहरु र सुशासन कायम राख्न जिल्ला स्थित बिभिन्न सेवा प्रदायक सरकारी तथा अन्य संघ संस्थाहरुलाई आवश्यक सुझाव, सल्लाह र छलफल गर्दै सहयोग पुर्याउने उद्देश्यले यहाँ केही सुझावहरु प्रस्तुत गरिएको छ । पुर्व राज्य मन्त्री तथा नेकपा (माओवादी केन्द्रकी)केन्द्रिय सदस्य गोमा गौतमका अनुसार यस बिषयमा छलफल गरि सबै निकायहरुबाट प्रतिबद्धताको अपेक्षा गर्दै आगामी दिनहरुमा ईमान्दारीपूर्वक कार्यान्वयन हुने कुरामा हामी सबै दलहरु बिश्वस्त छौं ।उनका अनुसार दलहरुले लागु औषधी दुब्र्यसनिको अभियान चलाईनुपर्ने, असारे विकास निरुत्साहित गरिनुपर्ने बताईन ।
भविश्य वोकेका योजनामा जोड
यसैगरी जिल्लाका आशा लाग्दा कामहरु धौलिगाड परियोजनाको प्रगति भावी योजना, जिल्ला परिषद र जिल्ला प्रहरी कार्यालयको अधुरो भवनको बिषय, तिला हाईड्रोको पूर्णता, सार्वजनिक जग्गा रोकिनुपर्ने, वालुव गिट्टी दोहोन रोकिनुपर्ने, सम्भावब्यता अध्ययनको पुष्टि गरेर मात्र डिपिआर गरिनुपर्ने, सेवा प्रदायक सरकारी तथा गैरसरकारी निकायले त्रैमासिक प्रगति सार्वजनिक गरिनुपर्ने, विकास निर्माणका कामको वोलपत्र, विकास निर्माणका कामको अनुगमन गर्ने र यसमा राजनैतिक दल र पत्रकारहरुको अनिवार्र्यता आवश्यक रहेकोमा जोड दिईएको छ ।
यस बिषयमा नेपाली कांग्रेसका जिल्ला सभापति कर्णबहादुर शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत, नेकपा माओवादीका जिल्ला संयोजक नवराज न्यौपाने, नेकपा माओवादीकी केन्द्रीय सदस्य गोमा गौतम कुँवर, पूर्वमन्त्री पदमबहादुर रोकाया, पुर्व सासद देविलाल थापा सहितका नेताहरुको सहभागितामा बृहत छलफल भएको हो । कार्यक्रममा जिल्ला समन्वय समतिकिा प्रमुख गौरीनन्द आचार्यले दलको सक्रियतालाई धन्यवाद ज्ञापन गर्दै निरन्तरताको कामना गरे । उनले दलका सवालमा जनप्रतिनिधिलाई समेत पुलको काम गर्ने बताए।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले दलको सुझावलाई ग्रहण गरिएको भन्दै साझा रुपमा अगाडि बढ्न तयार भएको बताए । साझा विकासका लागि, जनचासोका बिषयमा राजनैतिक दलको भूमिका बिषयमा यस भन्दा २ पटक राजनैतिक दलको वैठक बसेर छलफल तथा निर्माण भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले जानकारी दिए । पछिल्लो समय जनप्रतिनिधि र सरकारी कर्मचारीले दललाई प्रथामिककतामा नराखी काम गरिरहेको भन्दै दलहरुको गुनासो छ ।
जुम्ला दर्पण । १० असार २०८१, सोमबार २२:४१