तातोपानीका डाँडा–डाँडी,
हिउँका छायाँ हराउँदै छन्,
नदी–खोलासँगै गाउँलेका
चिन्ताहरू बढ़्दै छन्।
पहिले झरझर बग्थ्यो पानी,
अब सुक्खा रैथाने डर,
माटो आकाश रोइरहेछ,
“हेर, सम्हाल आफ्नै घर।”
जुम्लाको हावा भन्छ
“बदलिँदैछु, बुझ त मान्छे,”
साना–साना बालकले पनि
भविष्यको आशा खोज्दैछन् आजै।
हामीले बचायौँ भने मात्र
हरियाली फर्किने हो,
तातोपानीको साँघुरो बाटोमा
फेरी खुशी पल्किने हो।

डिल्ली कामी । १० मंसिर २०८२, मंगलवार ०७:३५