कर्णालीको शत्रु भनेकै बेराेजगारी र गरिबी हो -मन्त्री शर्मा

रेशम अनुराग

कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले उत्पादन बृद्धि र रोजगारी सृजना प्रदेश सरकारको प्रथामिकतामा रहेको बताए । आगामी नीति कार्यक्रम र बजेटमा उत्पादन बृद्धि र रोजगारी सृजनालाई प्रथामिकता दिने उल्लेख गरेका हुन् ।जुम्लामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने,“उत्पादन बृद्धि बिना रोजगारी सृजना सम्भव छैन् । कर्णालीको शत्रु भनेकै बेराजगारी र गरिबी हो

आगामी नीति कार्यक्रममा सरकारले गरिबी र बेरोजगारी अन्त्यका लागि रोजगार उत्पादन बृद्धिमै लगानी बढाईने तयारी छ ।”

कर्णाली प्रदेश सरकारले युवालाई रोजगारी दिने लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुसार कृषिमा यूवा आर्कषित हुने नीति अबलम्बन गरी कृषि ऋणमा ब्याज अनुदान,सहुलियत ऋण,ढुवानीमा सहुलियत,बजार प्रर्बद्धन,उत्पादनका आधारमा अनुदान लगायतका कृषि नीतिमा जोड दिईने मन्त्री शर्माले बताए  ।

उत्पादन बृद्धि बिना कर्णालीको समृद्धी सम्भव छैन् । मुलुकमा निम्तीएको आर्थिक संकटले उत्पादन बृद्धिलाई जोड दिनुपर्ने पाठ सिकाएको छ । गत साता सुर्खेतमा सम्पन्न कर्णालीका ७९ वटै स्थानीयतहका प्रमुखको बैठकमा आगामी नीति र बजेटमा रोजगारी उत्पादन बृद्धिलाईनै प्रथामिकता दिने निर्णय भएको उल्लेख गरे ।

किसानको मनोबल बढाउने,गोठालो भत्तालाई निरन्तरता दिने,जुम्लाको रैथाने बाली,मार्सी चामल,स्याउ,सिमि,ओखर,चिनो,कागुनो,फापर लगायतका बालीको उत्पादन बृद्धि,प्रशोधन बजारीकरणलाई सरकारले विशेष जोड दिने बताए ।