जुुम्ला : कारागार कार्यालय जुम्लामा एक कैदीकाे मृत्यु भएकाे छ । आइतबार विहान विगत तीन वर्षदेखि कारागारमा रहेका एक कैदीकाे मृत्यु भएकाे हाे ।
कारागार कार्यालय जुम्लाका प्रमुख गयाप्रसाद पाण्डेका अनुसार मृत्यु हुनेमा मुगुकाे खत्याड गाउँपालिका घर भइ कारागारमा रहेका ३४ वर्षीय प्रदीप टमाटा हुन् । ह्रदयघातका कारण टमाटाकाे मृत्यु भएकाे उनकाे भनाइ छ ।
उनी तीन वर्षदेखि जुम्ला कारागारमा थिए । मृतक टमाटा जवरजस्तीकरणी मुद्दामा कैद भुुक्तान गरिरहेका थिए । कैद भुक्तान गर्न दुई वर्ष बाँकी थियाे ।
कारागारमा कैदीकाे मृत्यु भएकाे हाे भन्ने प्रश्नमा प्रमुख पाण्डेले भने,` हाे,कैदीकाे मृत्युु भएकाे हाे । ह्रदयघातका कारण टमाटाकाे मृत्यु भएकाे हाे । अहिले उनकाे शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकाे छ। ´
कारागार स्राेतका अनुसार मृतक टमाटा आइतबार विहान ब्याटमिन्टन खेलेका थिए । त्यसपछि कफी खाए । पछि साथीसँग लुडु खेलिरहेका थिए ।
एक्कसी स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठान पुर्याइएकाे र उपचारकाे क्रममा मृत्यु भएकाे पाण्डे बताउँछन् । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले पनि कैदीकाे मृत्यु भएकाे पुष्टि गरेका छन् ।
एक्कासि जीउ र पेट दुख्न थालेको बताएपछि अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले बताए ।
मुगुबाट आफन्त आएपछि शव जिम्मा लगाइनेछ । जुम्ला कारागारमा १ सय २२ जना कैदीबन्दी छन् । तीमध्ये पाँच जना महिला छन् ।
शुभाकर विश्वकर्मा । २० श्रावण २०८१, आईतवार १८:२०