जुम्ला : जुम्लामा जेष्ठ दाेस्राे सातादेखि आई.पि.भी.( इन्एक्टिभेटेट पाेलियाे भ्याक्सिन) खाेप अभियान सञ्चालन गरिने भएकाे छ । राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत जुम्लामा जेष्ठ १३ गतेदिखि आ.पि.भी.खाेप अभियान सञ्चालन हुने भएकाे हाे ।
जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार अभियान जेष्ठ १३ देखि २० गतेसम्म दुई चरणमा सञ्चालन गरिने भएकाे हाे । जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जुम्लाका आठ वटै स्थानीय तहका कुल ५ हजार ८ सय २८ जना बालबालिकालाई खाेप लगाइने जानकारी दिए ।
`खाेप अभियान देशभर सञ्चालन हुदैछ । जुम्लामा पनि सञ्चालन गरिनेछ । जुम्लामा दुई चरणमा अभियान सञ्चालन गरिनेछ ।जुम्लामा पहिलाे चरणमा जेष्ठ १३ देखि १५ सम्म चन्दननाथ नगरपालिकासहित पातारासी,गुठीचाैर र तातोपानी गाउँपालिकामा सञ्चालन गरिने उनले बताए ।
यस्तै दाेस्राे चरणमा जेष्ठ १८ देखि २० गतेसम्म तिला, हिमा,सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अभियान सञ्चालन गरिने प्रमुख सापकोटाकाे भनाइ छ ।
अभियान अवधिभर जुम्लामा २०७३ बैशाख देखि २०७५ असाेजसम्म जन्मिएका बालबालिकालाई खाेप लगाइनेछ । उक्त अवधिमा जन्मिएका ५ देखि ८ वर्ष उमेर समुहका बालबालिकालाई खाेप लगाइने उनले बताए । खाेप लगाउनकाे विद्यालयमा खाेप केन्द्र राखिएकाे छ ।
केन्द्रमा छुटेकाहरूलाई वडा र महिला स्वास्थ्य स्वयमसेविकाकाे सहयाेगमा खाेप लगाइनेछ ।
आई.पि.भी.( इन्एक्टिभेटेट पाेलियाे भ्याक्सिन) खाेप अभियान सम्बन्धि जिल्ला खाेप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीबीच अभिमुखीकरण तथा बहस पैरवी कायर्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।
सराेकारवालाहरूले खाेप अभियानलाई सफल बनाउन सबैले आआफ्नाे ठाउँबाट सहयाेग गर्ने प्रतिबद्दता गरेका छन् ।
जुम्ला दर्पण । १ जेष्ठ २०८१, मंगलवार २२:५५