प्रहरी चाैकीलाई माेटरसाइकल दिएका वडाअध्यक्षले व्यक्तिगत खर्चमा पन्छाए पहिराे

जुम्ला : पातारासी गाउँपालिका ५ का वडा अध्यक्ष दत्त बुढाले काेटाभिरकाे पहिराे आफ्नै खर्चमा पन्छाएका छन्। वडाध्यक्ष दत्त बुढाले व्यक्तिगत खर्चमा सडककाे पहिराे पन्छाएका हुन् ।

पातारासी ६ उर्थु नजिककाे काेटाभिरमा २ महिना अगाडि पहिराे खसेकाे थियाे । सडक साँघुराे र जाेखिमपुर्ण बनेकाा कारण यात्रामा जाेखिम थियाे।

साेही ठाउँमा डाेजर लगाएर पहिला पन्छाइएकाे हाे । २ घण्टा डाेजर प्रयाेग गरेर सडककाे पहिराे पन्छाइएकाे वडाअध्यक्ष बुढाले बताए ।

    पातारासी गाउँपालिका र उर्थु बुलबुले सडक खण्डकाे प्रवेशद्वार काेटाभिरमा पहिराेले सडक साँघुराे बनेकाे थियाे। `पहिले पटकपटक दुर्घटना भएर मानवीय क्षति समेत भएकाे ठाउँ हाे । पहिराेले सडक थप जाेखिमपुर्ण भएपछि आफ्नै व्यक्तिगत खर्चमा डाेजर प्रयाेग गरिएकाे हाे ´उनले भने ।

डाेजरले पहिराे हटाएपछि सडकमा सवारी आवतजावत सहज भएकाे छ । वडाअध्यक्ष बुढा सामाजिक कार्य गरिरहेका हुन्छन् ।

उनले आफूले चलाइरहेका दुईवटा माेटरसाइकल वडाबाट प्रहरी चाैकीलाई हस्तान्तरण गरेका थिए। सामाजिक सेवामा उनले एकपछि अर्काे काम गर्दै आएका छन्।