पातारासीमा बालविवाह न्युनिकरण गर्न नीति कार्यान्वयनमा जाेड

जुम्ला : जिल्लाकाे पातारासी गाउँपालिका वडा नम्बर ५, लासीमा लैंगिक हिंसा, बाल विवाह विरूद्व पहुँचका लागि सिफारिस तथा प्रेषण  संयन्त्रकाे निर्माण सहजीकरण र वकालत विषयक छलफल तथा अन्तरक्रिया  कायर्यक्रम सम्पन्न भएकाे छ ।  आवाज संस्थाकाे आयाेजनामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएकाे हाे ।

उक्त अवसरमा बाेल्दै पातारासी गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले पातारासीमा बालविवाह र लैंगिक हिंसा पहिलाका भन्दा न्युनिकरण हुँदै गएकाे छ । उनले वडा नम्बर ५ मा बालविवाह मुक्त वडा घाेषणा भइसकेकाे र बालमैत्री वडा घाेषणा हुने तयारीमा रहेकाे बताइन् ।

प्रहरी र बाल क्लब मिलेर बवडा नम्बर ४ मा दुई वटा बालविवाह राेकिएकाे छ । वडा नम्बर १,२ र ३ तुलनात्मक रूपमा बढी बालविवाह हुने गरेकाे छ । पातारासीमा विद्यामान बालविवाह र लैंगिक हिंसा न्युनीकरणमा आधार परियाेजनाले सहयाेग गरिरहेकाे छ ।
वडा नम्बर ५ का वडाअध्यक्ष कालीबहादुर ऐेडीले बालविवाह  न्युनिकरणका लागि वडा सक्रिय रूपमा अघि बढेकाे बताएका थिए ।
पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले लैंगिक हिंसा र बाल विवाह न्युनिकरण गर्ने प्रयास गरिरहेकाे बताए ।  उनका अनुसार शान्तिपूर्ण समाजका लागि स्थानीय सरकार लागिपरेकाे छ । गाउँपालिकामा रहेका विभिन्न शाखामार्फत सचेतनामुलक कार्यक्रम भइरहेकाे उनकाे भनाइ छ ।

` नीति कायर्यान्वयनमा जाेड दिइएकाे छ ।  यसमा पालिकामा पनि सक्रिय रूपमा लागेकाे छ । अब परिणाममुखी रूपमा अघि बढ्नुपर्छ,´ उनले भने ।
`हामी सबैकाे ऐेक्यबद्वता,बाल विवाह अन्त्यका लागि हामी सबैकाे प्रतिबद्धता´ भन्ने नारालाई साकार गर्न सराेकारवाला निकाय एकजुट हुनुपर्नेमा जाेड दिइएकाे छ ।आवाज संस्था आयाेजक रहेकाे कार्यक्रममा आर्थिक सहयाेग युनिसेफ,महिला तथा बालबालिका शाखाकाे साझेदारी रहेकाे थियाे ।