तातोपानीमा पालिका स्तरीय नागरिक समाज गठन

जुम्ला : तातोपानी गाउँपालिकामा पालिका स्तरीय नागरिक समाज सञ्जाल गठन गरिएकाे छ । किर्डाक नेपाल द्धारा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत पालिका स्तरीय नागरिक समाज सञ्चाल गठन गरिएकाे हाे ।

बुधबार एक कायर्यक्रमका बीच प्रेम बहादुर अधिकारीको संयोजकत्वमा १९ सदस्यीय सञ्जाल गठन गरिएको थियाे । सञ्जालले बालबालिकाको विभिन्न समस्या र सवालको वकालत र पैरवी गर्नेछ ।
किर्डाक नेपालका बाल अधिकार शासन तथा बाल संरक्षण परियोजनाका संयोजक प्रकाश शाहीका अनुसार समाजका सबै स्वतन्त्र क्षेत्रबाट समावेशी रुपमा सहभागी भई गठन भएको गरिएकाे हाे ।

नागरिक समाज सञ्जालले बालबिवाह, बालश्रम, लागुपदार्थ दुव्र्यसनी, बाल हिंसाका विरुद्धमा उभिएर सकारात्मक सञ्चारमा टेवा दिने उद्देश्य रहेकाे छ । बालबालिका केन्द्रित संघ संस्थालाई जोडेर पालिकाका बालबालिका, महिला तथा सिमान्तकृत व्याक्ति लक्षित विषयहरुको पहिचान गर्ने, विश्लेषण गर्ने र समाधानका लागि एकिकृत पहल गर्ने यो सञ्जालको कर्तव्य हुने उनले बताए ।

यस्तै, नागरिक समाज सञ्जालका संयोजक प्रेम बहादुर अधिकारीले गैर नाफामुलक व्याक्तिको सहभागितामा बनेको सञ्जालले तातोपानीमा कुनै आग्रह र पुर्वाग्रह नराखि बालबालिकाका सवालमा काम गर्ने बताए ।

स्थानीयस्तरमा बालअधिकारको कार्यान्वयनका लागि स्थानीय सर्कारका पदाधिकारीसँग समन्वय गर्ने उनले बताएका छन् । उक्त अवसरमा बाेल्दै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईंले सञ्जालले नागरिक समाजले राम्राेसँग काम गर्ने बताए ।