बाँके नेकपा माओवादी केन्द्र काेहलपुर नगर समितिको बिस्तारित बैठक काेहलपुरमा भव्य रूपमा सम्पन्न भएकाे छ ।

“जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” अन्तर्गत काेहलपुर अभियान संयाेजक तथा पार्टिकाे केन्द्रीय सदस्य दामा शर्माकाे उपस्थिति र काेहलपुर नगर समिति अध्यक्ष अबराज खड्काकाे अध्यक्षतामा बैठक सफलता पुर्वक सम्पन भएकाे हाे ।

बैठकमा काेहलपुर नगरपालिकाका १५ वटै वडा कमिटिका अध्यक्षहरुले पालिकास्तरीय रिपोर्टिङ गरेकाे उपाध्यक्ष बल बहादुर खड्का अविरलले बताए ।  पार्टी रुपान्तरणका लागि देशब्यापी रुपमा संचालन गरीएको अभियान अन्तर्गत सुरु भएको बैठकले सकारात्मक सन्देश प्रवाह गर्नुका साथै महत्वपूर्ण निर्णय गर्ने बताईएको छ । उक्त अवसरमा बाेल्दै संयाेजक शर्माले पाटी रूपान्तरणका लागि अभियान सुरू भएकाे बताएकी थिइन् ।

बैठकमा केन्द्रिय, प्रदेश, जिल्ला, नगर र पालिकास्तरका नेता कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेको थियो ।