जुम्ला : प्रतिनिधि सभा, सदस्य छिरिङ ल्हामु लामा (तामाङ)ले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई विभिन्न माग गराख्दै ज्ञापनपत्र बुझाएकी छन् ।
राजभानी सुखर्खेतदेखि साविक कर्णालीकम जिल्लामा सिधा हवाई उडान,जुम्ला विमानस्थल स्तराेन्नती र सिंजा सभ्यता विकास तथा प्रवर्द्धन विधेयकलाई अघि बढाउन माग गदर्दै सांसद तामाङले तीन बुदेँ ज्ञापनपत्र बुझाएकी हुन् ।
विगत ४० वर्ष देखि सुर्खेत देखि माथिल्लो कर्णालीका जिल्लाहरूमा हवाई सेवा सञ्चालनमा रहेकाे जानकारी दिदैँ अहिले सुर्खेतबाट कर्णाली प्रदेशका जिल्लाहरूमा हवाई सेवा ठप्प रहेकाे जानकारी दिएकी छन्।
`हिजो के कारण थियो र अहिले के कस्तो कारणले यो सम्भव छैन् यसको जवाफ माथिल्लो कर्णालीका जनताहरूले मागी रहेका छन। यसमा हवाई विचौलियाहरूको ठूलो षड्यन्त्रको गन्ध छ´, ज्ञापनपत्रमा उल्लेख छ ।
सुर्खेतदेखि माथिल्लो कर्णालीका जिल्लाहरूमा हवाई सेवा सुचारु गर्न सम्पूर्ण कदम चाल्न आग्रह गरिएकाे उनकाे भनाइ छ । जुम्ला विमानस्थल विस्तारको लागि १० करोड रुपैयाँ विनियोजन भएको र उक्त रकम कायर्यान्वयन हनुपर्नेमा उनले जाेड दिएकी छन् ।
`हाम्रो अथक प्रयासका कारण विनियोजन भएको छ । यो रकम कार्यन्यवनमा नल्याउन विभिन्न चलखेल हुनसक्ने संकेत महसुस गरिरहेका छौँ´। उनले भनिन् ।
तत्कालीन कर्णाली अञ्चलको सदरमुकाम समेत रहेकाले एतिहासिक जुम्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न उनकाे सुझाव छ । यस विषयमा मन्त्रालयले कडा कदम चालोस भन्ने अपेक्षा राखिएको छ ।
यस्तै सिंजा सभ्यता विकास तथा प्रवर्द्धन विधेयकलाई अघिल्लो सरकारको मन्त्रीपरिषदले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
उक्त स्वीकृति कायममुकायम मुख्यसचिवले प्रमाणिकरण नगर्दा यो महत्वपूर्ण विषय अलपत्र परेकोले विधेयकको अवस्था बुझि तत्काल मन्त्रीपरिषदबाट सैद्धान्तिक स्वीकृति लिई प्रक्रिया अगाडि बढाउन अपिल गरिन् ।
कर्णालीका भविष्यसँग महत्व जोडिएका यस्ता महत्वपूर्ण विषयमा माननीय मन्त्रीज्यूको सक्रिय र अर्थपूर्ण भुमिकाको कर्णालीका नागरिकले अपेक्षा गरेका छन्।
डिल्ली कामी । २९ आश्विन २०८१, मंगलवार ०९:१५