जुम्लाबाट एक वर्षको अवधिमा चार हजारले लिए नागरिकता

जुम्ला जिल्लाबाट एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट चार हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएकाछन् ।

गएको आर्थिक वर्ष २०८०।०८१ मा चार हजार १६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए।

सो नागरिकताको वितरण जिल्ला प्रशासन कार्यालय हो । इलाका प्रशासन कार्यालय नराकोटबाट नागरिकता प्रमाणपत्र वितरण गरिएको तथ्यांक समावेश गरिएको छैन ।

प्रशासन शाखाका कम्युटर अपरेटर पुलामीले भने,`चालु आर्थिक वर्ष २०८१।०८२ को साउनदेखी असोजसम्म एक हजार ८६३ जनालाई नागरिकताको प्रमाणपत्र दिएका छौ । १६ जनालाई नाबालक प्रमाणपत्र लिएकाछन् ।´

३३१ जनाले राहदानी बनाएकाछन्। एक हजार २२९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको प्रशासन शाखाका कम्युटर अपरेटर पुलामीले बताउनुभयो ।

यसैगरी, कार्यालयले सो अवधिमा ५१ वटा गुनासो वा ठाडो उजुरी परेको छ । गएको आर्थिक वर्ष भित्रमा २२५ वटा गुनासो वा ठाडो उजुरी परेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।