उच्च अदालत सुर्खेत,जुम्ला इजलासकाे वार्षिक समीक्षा 

जुम्ला : उच्च अदालत सुर्खेत,जुम्ला ईजलासका ९० प्रतिशत मुद्दा फर्छ्याैट भएका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ काे हाल सम्म दर्ता भएका मध्य ९० दशमलब ६८ प्रतिशत मुद्दा फछ्याैट भएका हुन् ।
चालू आर्थिक वर्षमा नयाँ २२९ सहित कूल २७९ वटा मुद्दा दर्ता भएका थिए । जसमा २५३ वटा मुद्दा फछ्याैट भएका छन् । शुक्रबार अदालतद्दारा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजानिक गरिएकाे तथ्यांक अनुसार कूल २७९ मुद्दामध्य २५३ मुद्दा फछ्याैट भएकाे अझै २६ वटा मुद्दा फैसला हुन बाँकी रहेकाे छ । भने ५० वटा मुद्दा अन्य जिल्लाबाट जिम्मेवारी सरि आएका छन् ।
तथ्यांकनुसार दुनियावादी देवानी मुद्दा १ वटा दर्ता भएकाेमा फछ्याैट भईसकेकाे छ । त्यस्तै दुनियाँवादी फाैजदारी तर्फ २५ वटा मुद्दा दर्ता भएकाेमा २३ वटा फर्छ्याैट हुँदा २ वटा बाँकी रहेकाे छ ।
साथै सरकारबादी फाैजदारी मुद्दा तर्फ कुल २२५ वटा मुद्दा दर्ता भएकाेमा हालसम्म २०८ वटा फर्छ्याैट भएका छन् । भने १७ वटा मुद्दा फैसला हुन बाँकी रहेकाे छ ।

रिट २८ वटा परेकाेमा २१ वटा मात्रै फर्छ्याैट हुँदा अझै ७ वटा रिट निवेदनकाे सुनुवाई हुन बाँकी रहेकाे छ ।

कर्तव्य ज्यानका २४ मध्य २२ वटा,जबरजस्ती करणीका ७१ का मध्य ६९ वटा,जातिय विभेद तथा छुवाछुतका २ मध्य २ वटा,लागू ओैषधका २२ मध्य १९ वटा,चाेरीका २२ मध्य १५ वटा बहुविवाह र बालविवाहका १२ मध्य ११ वटा मुद्दा फर्छ्याैट भएका छन् ।
सम्बन्ध विच्छेदका ६ मध्य ५ वटा,अंश/जग्गाका १० मध्य १० वटा, सवारी ज्यान १३ मध्य १२ वटा,उत्प्रेषण,परमादेश २५ मध्य १९ वटा,ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकाेका २५ वटै मुद्दा फछ्याैट भएकाे सार्वजानिक विवरणमा उल्लेख छ ।

भने निषेधाज्ञाका ३ मध्य २ वटा र अन्य ४४ मध्य ४२ मुद्दा गरि कूल २७९ मध्य २५३ मुद्दाकाे फैसला भएकाे छ ।

उच्च अदालत सुर्खेत,जुम्ला ईजलासका मुख्य न्यायधिष गाेर्कण डाँगीले चाैथाै पन्चवर्षीय याेजना बनाएर न्याय प्रणालीलाई छिटाे छरिताे बनाउन न्यायीक संयन्त्र लागि परेकाे बताए ।

प्रथामिकीकरणका आधारमा मात्रै हामी न्याय दिन्छाै । उनले भने,’पहुँचका भरम न्याय सम्पादन हुदैन । प्रविधिकाे उच्चतम प्रयाेग गरि प्रथामिकताका आधारमा न्याय सम्पादन गर्छाै । न्यायकाे पहुँच बृद्दिमा हाम्राे जाेड छ ।’

न्यायकाे पहुँच बृद्दि गर्न नागरिक अगुवा तथा संचारकर्मीहरु जुट्नु पर्ने अबस्था आएकाे उनकाे भनाई छ ।
‘सरल,सामान्य र विशेष तीन वटा विधि मार्फत मुद्दाकाे फैसलालाई अघि बढाईरहेका छाै । स्राेत साधन तथा पिडककाे अनूकुलतानुसार हामीले न्याय सम्पादनलाई छिटाे छरिताे अघि बढाएका छाै ।’ उनले भने’
यसैबीच चालू आवमा उत्कष्ट कार्यसम्पादन गरेबापत ईजलास शाखामा कार्यरत टंक प्रसाद खत्री र तामेलदार कमल धमलालाई नगद ५ हजार सहित सम्मान गरिएकाे छ ।