धादिङ । दक्षिणी धादिको थाक्रे गाउँपालीका स्थित वडा नम्वर १० गडि भन्ने ठाँउमा तिन ओटा चितुवा एकै पटक मृत भेटिएको छ । गढीस्थित अदुवाबारीमा २ वटा र मकैबारीमा १ वटा गरी तिन चितुवा मृत भेटिएको थाक्रे गाउँपालीका स्थित वडा नं १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछानेले जानकारी दिनुभयो । ति ओटा ओटा चितुवा एकै पटक कसरी म¥र्यो भन्ने कुराको कुनै कारण खुल्न सकेको छैन ।
डिविजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले भने तिन ओटा एकै मर्नुको कारण कित भने गाउँलेहरुलाई दुःख दिएका कारण करेन्टको छाडिदिएको सोही करेन्ट लागेर मरेको हुन सक्छ अथवा चोरी शिकारीका लागी कसैले विष राखेको खानेकुरा जंगलमा राखिदिएको र सोही खाने कुरा खाई चितुवा मरेको आसंका गरेको छ । मृत चितुवा लिनका लागी डिविजन वन कार्यालय धादिङको टोली घटना स्थल पुगिसकेको डिभिजन वन कार्यालय धादिङका प्रमुख आचार्यले बताउनु भएको छ ।
मृत चितुवा मध्य करिव दश वर्ष भन्दा माथिको एउटा माउ पोथी र करिव पाँचदेखी सात वर्षको दुई ओटा भाले बच्चा रहेका छन् । सो चितुवा केही दिन अघि मरेको आसंका गरिएको छ । । भोली सो चितुवाको पेष्ट मार्टम गरी गाडिने पनी जानकारी दिईएको छ ।
जुम्ला दर्पण । १० श्रावण २०८१, बिहीबार २१:४१