जुम्ला : पूर्वाधार विकास कार्यालय जुम्लाले ७४ प्रतिशत बजेट खर्च गरेकाे छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा पुँजीगत खर्च ७४ दशमलव ८६ प्रतिशत गरेको हाे । गत आ.व.मा विनियोजन कुल ५७ करोड ३२ लाख ४२ हजारमध्ये ४२ करोड ५३ लाख ४ हजार खर्च भएकाे कार्यालयले जनाएकाे छ ।
पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख पदम प्रसाद देवकोटाका अनुसार पुँजीगततर्फ वार्षिक विनियोजित बजेट ५६ करोड ७८ लाख ८८ हजार मध्ये ४१ करोड ७७ लाख ९१ हजार खर्च भएको छ । पुँजीगततर्फ कुल बजेटको ७४ दशमलव ८६ प्रतिशत खर्च हो ।
कार्यालय प्रमुख देवकोटाले भने,` चालूतर्फ १ करोड २४ लाख ५४ हजार बजेट मध्ये ९७ लाख ४२ हजार अर्थात् ७८ दशमलव २३ प्रतिशत बजेट खर्च भएको छ । ,´ गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा २ दशमलव ६३ किलोमिटर कालोपत्रे र पक्की सडक निर्माण गरिएको छ ।
यसैगरी १७ दशमलव ९४ किमी सडक ग्राभेल, सडक स्तरोन्नति,नाला निर्माण ३ किमी निर्माण गरेको कार्यालय प्रमुख देवकोटाले बताए । कार्यालयले जिल्लाको कनकासुन्दरी गाउँपालिका-४ स्थित भैसेडीमा हिमा नदी माथि पक्की पुल निर्माण सम्पन गरेको छ ।
कर्णाली प्रदेश सरकारको समानिकरण बजेटबाट जनता आवास कार्यक्रमअन्तर्गत ११ वटा र विपन्न घर कार्यक्रमअन्तर्गत ९ वटा घर निर्माण भइ संचालनमा आएको पुर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाको भनाइ छ ।कार्यालयले तातोपानी, सिंजा र तिला गाउँपालिका गरी तीनवटा स्थानीय तहमा झोलुंगे पुल निर्माण समेत गरेको छ ।
जुम्ला दर्पण । १२ श्रावण २०८१, शनिबार १९:३६