`बाआमा पढ भुन्नाछिया,हामी गाेठ जान्छियाै´

अछुत काेपिला
जग्गा बेच्याे जुवा खेली,जाेई बेच्याे गाइनाले  ।
आजभाेल काँई न काँई भयाे,राेज्या फूल लाइनाले ।
प्रस्तुत गीतकाे हरफमा एक महिलाकाे पीडा बाेलेकाे छ । उनी विवाहित महिला र श्रीमती हुन् । उनका श्रीमान बेकामे छन् । उनी पारिवारिक जिम्मेवारीबाट विमुख छन् । उनकाे कुलत छ, तास खेल्ने । तास खेलेरै ती पुरूषले जग्गा नै बेचेकाे बुझ्न सकिन्छ । तास खेलेर जाेई (श्रीमती) समेत बेच्नपछि पर्दैनन् । यहाँ `जाेई बेच्याे गाइनाले ´लाई बिम्बात्मक रूपमा चित्रण गरिएकाे छ । उनी यस्ताे कुलतमा छन्, ताल परे जाेई समेत बेच्न पछि पर्दैनन् ।
उनकाे बैगुन त्यतिमै सीमित छैन । भँमराका रूपमा नयाँ नयाँ फूल चहार्दै हिड्छन् । सामान्यतया नेपाली समाजमा विवाहित पुरूषले परस्त्रीसँग हिमचिम गरेकाे नैतिक कार्य मानिदैन । दाेस्राे हरफमा भने उनी पतिप्रेम झल्काउछिन् ।
अन्त्यमा उनी बेघरबार हुन्छन् ।


ठाडो भाकामा प्रस्तुत गरिने यस्ता गीत कर्नालीतिर प्रसस्तै गञ्जिन्छन् । डाँडापाखा,भीरपाखाहरूमा । गाेठभित्र । पछिल्लाे समय यस्ता भाषा  रिहा भएका छन्,गाेठबाट । साठीकाे दशकसम्म कर्नालीतिर गाेठमा देउडा र ठाडाे गाउन जाने चलन थियाे । ठिटा र ठिटीहरू लुकिछिपि गाेठमा देउडा खेल्थे । उनीहरू एक अर्काबीच साली भिना भनेर सम्बाेधन गर्थे । उनीहरूबीच गीतहरूमा यस्ता सवाल जवाफ हुन्थे ।
यस्ता गीत गाउने र गाेठमा खेल्न जाने चलनकी साक्षी हुन्, गुठीचाैरकी पुन्नकली सुनार । त्यतिबेलाका सप्ठ्यारा, अप्ठ्यारा सम्झिदैँ उनी भन्छिन्,`अहिलेकाे जस्ताे कहाँ सजिलाे थियाे । यसरी खुल्ला रूपमा गाउने वातावरण नै थिएन । लुकिछिपी गाउनु पर्थ्याे । ´ उपयुक्त वातावरण भनेकाे डाँडापाखा,जंगल र त्यहीँ गाेठहरू नै थिए ।
सुनार त्यतिबेला गाेठमा भिनाले भनेका गीतका टुक्का सम्झिन्छिन् ।
रूखैका छिजलाबाट छिना गाउँ देखियाे ।
सालीका रूमालमाथि मेराे नाउँ लखियाे ।


माथि उल्लेखित हरफ भिनाले सालीलाई प्रेमिल भाषामा अभिव्यक्त गरेकाे गीतकाे टुक्का हाे । भिनाले सालीकाे  सम्झनामा गाएकाे गीत हाे । गीतकाे हरफमा भनिएकाे `छिना गाउँ´जिल्ला सदरमुकाम खलंगा नजिकै रहेकाे गाउँ हाे । जुन हालकाे चन्दनाथ-५ मा पर्दछ । जिल्लाका चार दरामध्ये असी दरामा पर्छ । उतिबेला जुम्लामा चार दरामा विभाजन गरिएकाे थियाे । खस भाषाकाे उदगम् थलाे सिञ्जा क्षेत्रलाई सिञ्जा दरा भनिन्थ्यो । हालकाे तिला र ताताेपानीकाे क्षेत्रलाई पानसय दरा र गुठीचाैर र पातारासी क्षेत्रलाई चाैधबिस ।
अनि साली भिनाकाे गीतमा जबाफ फर्काउछिन् ।
बाटाे राम्राे बउरेलै (बाबिरा) काे,लेक राम्राे तरापी ।
खेल्दा खल्दै मन बैराखी, खेल्ने काम खरापी ।
फेरि भिना भन्छन्
तातोपानी तपुन (ताताे) धारा,दुई केटी हुलाकी ।
मेरा पाेइल आउन्या भया, हाल्दिउला बुलाकी ।
साली जबाफ फर्काउछिन् ।
  माेइकल लैजान्छु भुन्या,तुमी हाै हुलाकी  ।
भाेली दुःख दिन्या हाै कि ,क्या देउला बुलाकी  ।
मैनसरी र लालसरीहरूका कथा
आफू युवा अवस्थामा हुँदा गाेठमा ठिटाहरूसँग खेल्न गएकाे अनुभव सुनाउँछिन्, सिन्जाकी मैनसरी बुढा । ६८ वर्षीया बुढाकाे गाेठमा खेल्न जादा जाँदै पिरती बस्याे । पछि विवाह नै भयाे । उनी भन्छिन्, `रातकाे सुमयमा हामी उन बुन्ना छियाै । ठिटाहरू आउन्छिया । काम सकेपछि सप्पै सुत्ता छिया । हामी खेल्न जान्छियाै ।´

यस्तै गाेठ खेल्न जाने दिन दिउँसै रूमाल, जाल्या,नाैगेडी बइना दिन्या चलन छियाे । ठिटाहरू रूमाल चिनाे दिन्थे । ठिटीहरू जाल्या, पाेते र नाैगेडी दिन्थे । आफ्ना साथीसँगीहरूकाे त्यसरी नै विवाह भएकाे उनी बताउँछिन् । गाेठमा गाइने गीत माया पिरतीसँग बढी केन्द्रित हुन्थे । गीतका माध्यमबाट एक अर्काकाे बखान गरिन्थ्याे ।
लालसरी रावत भन्छिन्,`आमा बा पढ,लेख भुन्ना छिया । हामी गाेठ खेल्न जान्छियाै ।´ त्यति बेला पढ्न भन्दापनि गाेठ खेल्न बढी जान्या । गाउँमा औलामा गन्न सकिने मात्रै स्कुल जान्थे । स्कुल गएकाहरूपनि बीचमै छाेड्ने । कलियाे उमेरमै विवाह भईहाल्ने । त्यसपछि पढाइ भन्दा पारिवारिक जिम्मेवारीकाे भारी थिच्थ्याे । पढ्नै नपाइने । लालसरा भने बाआमाले पढाउन खाेज्दा पनि आफूले नपढेकाे बताउँछिन् ।
अहिले पछुताे लाग्दाेछ । पढ्नुपर्ने रैछ भुनिकन । उनले आफू नपढेपनि आफ्नी छाेरीकन भने राम्राे शिक्षादिक्षा दिएकी छन् । आफूले नपढ्दा पाउनु परेकाे दु:ख छाेरीहरूले नपाउन भन्नेमा भन्नेमा सचेत छिन् । मैनसरी र लालसरा त उदाहरण मात्रै हुन् । यस्ता धेरै पात्रहरू भेटिन्छन्, सुदूर गाउँहरूमा ।
हराउँदैछ देउडा सँस्कृति
यस्ताे चलन बिस्तारै हराउँदैछ । अहिले त लाेपउन्मुख अवस्थामा पुगेकाे छ ।  याे चलन खासगरी जनयुद्धपछि हराउँदै गएकाे हाे । जिवन्त संस्कृतिकाे रूपमा रहेकाे  देउडा पछिल्लो समय लाेपउन्मुख अवस्थामा पुगेकाे छ । जुन चिन्ताकाे विषय हाे । किन भने देउडा यहाँकाे पहिचान हाे, संस्कृति हाे । देउडा लाेक संगीतकाे मुहान हाे । कर्नाली क्षेत्रमा गीत,विभिन्न भाका,मागल, चुट्किला ,लाेकगीत यसैका उपज हुन् । यहाँका साँस्कृतिक धराेहर नै हुन् । देउडा त्यहाँको पहिचान जाेडिएकाे छ । पहिचान हरायाे भने हाम्राे अस्तित्व नै संकटमा पर्छ । त्यसैले हाम्राे पहिचानलाई जाेगाई राख्ने जिम्मेवारी पनि हाम्राे हाे । संस्कृति सम्बन्धिका जानकार रमानन्द आचार्यका शब्दमा समाजकाे असली परिचय हराउँदैछ ।

खस सभ्यतामा आधारित सँस्कृति हराउँदै जान थालेकाेमा चिन्ता व्यक्त गर्छन् उनी । भन्छन्,` देउडा त हाम्राे पहिचान हाे नि । तर पछिल्लो समय हाे लाेपउन्मुख अवस्थामा पुगेकाे छ । देउडाका साटाे आधुनिक र रक पप गीतहरू गुञ्जिन थालेका छन् ।´ पुस्तान्तरण, प्रविधिकाे विकास र सँस्कृति संरक्षणमा चासाे नदिनाले समाजकाे स्वरूप नै बदलिँदो छ ।
अन्त्यमा एउटा गीतकाे टुक्का
भैंसी माेटी लेक चर्याकि, गाई माेटी गइराकी ।
कि सबै घरबारे हाेइजाउ,कि सबै बैरागी ।