जुम्ला : जिल्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर ६ का ३० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएकाे छ ।
सेभ द चिल्ड्रेन र किर्डाक नेपालद्वारा सञ्चालित सहयात्रा तेस्रो परियाेजनाकाे सहयोगमा वडाका ३० जना जाेखिममा परेका बालबालिकालाई सामग्री वितरण गरिएकाे हाे ।
बिहीबार वडा नम्बर ६ काे कार्यालयमा सामग्री वितरण गरिएकाे थियाे । ती बालबालिकालाई वडाअध्यक्ष विशाल खड्काले शैक्षिक सामग्री वितरण गरेका थिए ।
उक्त अवसरमा बाेल्दै वडाअध्यक्ष खड्काले आर्थिक रूपमा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु स्वागतयाेग्य कार्य भएकाे बताए ।
उनका अनुसार आर्थिक विपन्नताका कारण अध्ययन गर्न नसक्नेहरूका लागि सामग्री सहयाेगले टेवा पुग्नेछ । परियाेजनाका शिक्षा अधिकृत बसन्त विश्वकर्माले विभिन्न कारणले जाेखिममा परेका बालबालिकालाई सामग्री वितरण गरिएकाे बताए ।`सहयोगले विद्यार्थीलाई विद्यालयमा जान सहयाेग पुग्नेछ ।सामग्री नभएका कारण समस्या हुनेछैन,´ उनले भने ।
उनका अनुसार बालबालिकालाई कापीकलम पेन्सिल,जुत्ता पाेसाकसहित १ लाख १० हजार बराबरकाे सामग्री वितरण गरिएकाे हाे ।
जुम्ला दर्पण । १० श्रावण २०८१, बिहीबार १७:१५