पातारासीकाे सार्वनजिक सुनुवाइ : ८८.६५%, चालू र ७०.७३ % पूँजीगत खर्च

पातारासीकाे सार्वनजिक सुनुवाइ : ८८.६५%, चालू र ७०.७३ % पूँजीगत खर्च

जुम्ला : पातारासी गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । आइतबार एक कार्यक्रमका बीच आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त अवसरमा बाेल्दै गाउँपालिकाका  याेजना शाखा प्रमुख दान बहादुर शाहीले कुल बजेटकाे  ८१.४४ प्रतिशत बजेट खर्च भएकाे छ ।
उनका अनुसार चालूतर्फ ८८.६५ प्रतिशत बजेट खर्च भएकाे छ भने पुँगीगततर्फ ७०.७३ प्रतिशत बजेट खर्च भएकाे छ। चालूतर्फ विनियोजित २७ कराेड २० लाख ६० हजार ९ सय २९ रूपैयाँ ४१ पैसामध्ये २४ कराेड ११ लाख ८४ हजार १ सय ९२ रूपैयाँ खर्च भएकाे छ ।
यसैगरी, पूँजीगततर्फ कुल १७ कराेड ७५ लाख ७२ हजार १ सय २३ रूपैयाँमध्ये १२ कराेड ४२ लाख ३ हजार ७ सय ८७ रूपैयाँ खर्च भएकाे छ । जसमध्ये कुल ४४ कराेड ८६ लाख ३३ हजार ५२ रूपैयाँ ४१ पैसामध्ये ३६ कराेड  ५३ लाख ८७ हजार ९सय ७९ रूपैयाँ खर्च भएकाे छ ।
आ.व. २०८०/०८१ मा कुल २६४ याेजना सम्पन्न भएका छन् । वडातर्फ ७ वटै वडामा कुल २६८ याेजना विनियोजन गरिएकाे थियाे ।

सम्पन्न याेजनाहरूकाे खर्च बजेट १२ कराेड ३६ लाख ९० हजार ८ सय २३ रूपैयाँ खर्च भएकाे छ । सबै वडामा कुल १३ कराेड ९७ लाख ३५ हजार १ सय ५८ रूपैयाँ विनियोजन गरिएकाे थियाे ।
याेजना बजेटकाे आधारमा ८९ प्रतिशत याेजना सम्पन्न  भएकाे छ । ५ प्रतिशत फ्रिज भएकाे छ भने ६ प्रतिशत घटी भुक्तानी भएकाे छ । वडातर्फ वडा नम्बर १ मा  ७३.३७ प्रतिशत बजेट  खर्च भएकाे छ ।  वडा नम्बर २ मा ७४.३३, वडा नम्बर ३ मा ९२.१५ प्रतिशत बजेट खर्च भएकाे प्रमुख शाहीले बताए ।
उनका अनुसार वडा नम्बर ४ मा ९१.६९,वडा नम्बर ५ मा ९३.६५ प्रतिशत बजेट खर्च भएकाे हाे । यस्तै वडा नम्बर ६ मा ९३.७५ र वडा नम्बर ७ मा ९४.३६ प्रतिशत बजेट खर्च भएकाे छ  । प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत कुल ५५ लाख ४ हजार मध्ये ४८ लाख ४५ लाख खर्च भएकाे छ ।