किसानलाई १० हजार स्याउ प्याकेजिङ कार्टुन बिक्री गर्दै कृषि

जुम्ला :  जिल्लाका स्याउ किसानलाई लक्षित गरेर जिल्ला कृषि विकास कार्यालय जुम्लाले कार्टुन बिक्री गरिरहेकाे छ । जुम्लाका स्याउ बजारीकरण गर्ने कृषक तथा ब्यापारीलाई लक्षित गरेर कार्यालयले कार्टुन बिक्री गरिरहेकाे हाे ।

कृषि विकास कार्यालयको सहजीकरणमा जुम्लाको, प्राङगारिक स्याउ बजारीकरण तथा प्रवर्धन गर्ने उद्देश्यले स्याउ प्याकेजिङ स्टेण्डर कार्टुन बिक्रीवितरण भइरहेकाे हाे ।


रंगिन कलरमा १० केजी क्षमताको कार्टुन) बिक्रि बितरण भइरहेकाे कार्यालयले जनाएकाे छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकाेटाका अनुसार किसानहरूको सहजताका लागि कार्टुन बिक्रीवितरण भइरहेकाे छ ।

बाहिरी जिल्लामा बजारीकरण गर्दा जुम्ली स्याउकाे पहिचान झल्कियाेस् भन्ने उद्देश्यले जुम्ला एप्पल नामकाे रंगीन कार्टुन बिक्रीवितरण छ । भदौ दाेस्राे सातासम्म १० हजार कार्टुन बिक्री गर्ने लक्ष्य रहेकाे बताए ।

उनका अनुसार हालसम्म ५ हजार कार्टुन बिक्री भइसकेकाे छ । `किसानहरूकाे माग अनुसार कार्टुन बिक्रीवितरण भइरहेकाे छ । अझै ५ हजार बाँकी छन् ´, उनकाे भनाइ छ ।