जुम्ला : जिल्लाकाे हिमा गाउँपालिकाले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेकाे छ । आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेकाे हाे । गत आ.व.मा हिमाले १९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकाे थियाे ।
हिमा गाउँपालिकाका राजस्व शाखा प्रमुख दिपेन्द्र बहादुर शाहीका अनुसार गाउँपालिकाले कुल २५ लाख रूपैयाँ राजस्व संकलन गरेकाे हाे । विभिन्न शिर्षकमा लक्ष्य भन्दा ६ लाख बढी राजस्व संकलन गरिएकाे हाे ।
एम्बुलेन्स,वडा र अन्य शिर्षकमा गाउँपालिकाले राजस्व संकलन गर्ने गरेकाे उनले बताए । गाउँपालिकामा तीन वटा एम्बुलेन्स सञ्चालनमा छन् । एम्बुलेन्सबाट ६ लाख ५० हजार ५ सय रूपैयाँ राजस्व संकलन गरेकाे उनकाे भनाइ छ ।
तीनवटा एम्बुलेन्सबाट क्रमश ५ लाख ६ हजार,६९ हजार ५ सय र ७५ हजार राजस्व संकलन भएकाे प्रमुख शाहीले बताए । यस्तै हिमाका ६ वटा वडाबाटसमेत लाखाै राजस्व संकलन गरिएकाे थियो ।
शाहीका अनुसार वडा नम्बर १ मा १ लाख ८२ हजार १ सय ६० रूपैयाँ,वडा नम्बर २ काे १ लाख ३९ हजार, वडा नम्बर ३ मा ३ लाख ६१ हजार ३सय २० रूपैयाँ राजस्व संकलन भएकाे थियाे ।
यस्तै वडा नम्बर ४ मा ३ लाख,वडा नम्बर ५ मा ८४ हजार ६ सय ७० र वडा नम्बर ६ काे १ लाख ९७ हजार २ सय ५३ र वडा नम्बर ७ मा ९३ हजार ६ सय १० रूपैयाँ राजस्व संकलन भएकाे छ ।
यसैगरी, गत आ.व.मा गाउँपालिकाले ७ लाख ७८ हजार २ सय ४० रूपैयाँ संकलन गरेकाे छ । गाउँपालिकाले सिफारिस, `घ´वर्गका ईजाजत उपभोक्ता समिति दर्ता बापतकाे शिर्षकमा राजस्व संकलन गरेकाे हाे ।
शुभाकर विश्वकर्मा । १४ श्रावण २०८१, सोमबार ०७:५६