पातारासीको उर्थुचौतारा बजारमा प्रहरीद्धारा सरसफाइ

दर्पण संवादाता,जुम्ला
पातारासी गाउँपालिकास्थित उर्थुचौतारामा बजारमा सरसफाइ गरिएको छ । बजार क्षेत्रलाई सुन्दर र स्वच्छ बनाउने उद्देश्यले बजार क्षेत्रको सरसफाइ गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाइ गरिएको अस्थायी प्रहरी पोष्ट उर्थुचौताराले जनाएको छ ।

प्रहरी चौकी नराकोट क र अस्थायी प्रहरी पोष्ट उर्थुचौताराबाट खटिएका प्रहरी टोलीले सरसफाइ गरेका थिए ।

उक्त सरसफाइ कार्यक्रमका केही तस्विरहरु । स्रोत जिल्ला प्रहरी कार्यालय जुम्ला