प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

जुम्ला । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन भयाे 

पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए ।

दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियाे