डिल्ली अन्जान जुम्ला : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधि सभा सदस्यका लागि जुम्लाबाट एकल सिफारिसमा परेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शाही प्रत्यक्षतर्फ एकल सिफारिसमा परेका हुन् । यसअघि नै जुम्लाबाट निर्वाचन लड्ने घोषणा गरिसकेका शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाले कर्णाली प्रदेश कमिटीलाई सिफारिस गरेको हो ।
शाही सिंजा गाउँपालिका वडा नम्बर ३ निवासी हुन् । भ्रष्टाचार विरोधी अभियानमार्फत उदाएका उनी केही समयअघि आफ्नो अभियानसहित राप्रपामा प्रवेश गरेका थिए । प्रतिनिधिसभातर्फ समानुपातिकतर्फ कालीबहादुर मल्ल, अनुप थापा,गीता शाही,विर्षबहादुर कठायत र बलबहादुर बस्याललाई सिफारिस गरिएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट अगंतप्रसाद देवकोटा र प्रदेश ‘ख’ मा दिप चन्द्र चौलागाइ सिफारिसमा परेका छन् ।समानुपातिकतर्फ प्रदेश ‘क’ तर्फ विजयालक्ष्मी चौलागाई, मनसुर सुनार,रमानन्द न्यौपाने, देवीकृष्ण न्यौपाने र निर्माया बुढाको नाम सिफारिस गरिएको राप्रपा जुम्लाका अध्यक्ष बेदबहादुर शाहीले बताए ।
यस्तै प्रदेश ‘ख’ को लागि हरेराम खत्री, जौकला दमाई, गौरीलाल न्यौपाने,बिनु बुढा, देवप्रसाद न्यौपाने र बेदबहादुर शाही सिफारिसमा परेका छन् ।
जुम्ला दर्पण । २३ भाद्र २०७९, बिहीबार १३:३९