जुम्ला-समयको विकाससँगै गाउँघरमा समेत खाना पकाउने एलपी ग्याँसको प्रयोग बढदै गईरहेको देखिन्छ । खाना पकाउने ग्याँसको प्रयोगले बनजंगल संरक्षण तथा वातावरण प्रर्वद्वनमा उल्लेखीय भूमिका निर्वाह हुनसक्छ भने त्यसको प्रयोगसँगै ग्रामिण बस्तीहरुमा जोखिम पनि उतिकै बढदै गईरहेको छ ।
स्थानिय ग्रामिण बस्तीमा घरको माथी सुकेको घास थोपर्ने,पिरल राख्ने र सुकेका दाउरा पनि राख्ने गरिएको पाईन्छ जसले ग्रामिण बस्तीलाई आगलागीको उच्च जोखिममा पारेको देखिन्छ भने ग्याँस लिक भएको खण्डमा पनि आगलागीले ग्रामिण बस्तीलाई जोखिममा पारेको छ ।
आगलागी भएमा कसरी नियन्त्रण गर्ने र विपद् जोखिम घटाउने विषयमा धेरैमा ज्ञानको अभाव देखिन्छ । कारितास जर्मनी, कारितास नेपाल र पेस नेपालको संयुत आयोजनामा तिलागुफा नगरपालिका वडा नं.१ नाग्मा र तिलागुफा नगरपालिका वडा नं.२ को दुर्गा माध्यामिक बिद्यालयमा बिपद ब्यवस्थापन सम्बन्धि कृतिम अभ्यास गरिएको हो ।
जसमा घर तथा भवनमा आगलागी नियन्त्रण गर्नका लागी अग्नी सामक यन्त्रको प्रयोग गर्ने साथै ग्यास सिसलन्डरमा आगलागी भएमा हातले नियन्त्रण, बाल्टी
घोप्टयाएर,कम्बलले नियन्त्रण गर्न सकिनुका साथै भुकम्पिय सुरक्षाबारे कृतिम अभ्यास गरिएको थियो । स्थानिय ग्रामिण गाउँमा आगोबाट बच्ने उपाय तथा ग्याँस लिंक भएर हुन सक्ने आगो नियन्त्रणका लागि स्थानिय समुदायको उल्लेखिय सहभागितामा कृतिम अभ्यास गरिएको पेस नेपालका कार्यक्रम संयोजक नारद रेग्मीेले बताएका छन ।
उनका अनुसार कृतिम घटना अभ्यासले नागरिकमा विपद्बबाट जोगिने,सुरक्षित हुनेका लागी चेतनाको विकास भएको छ ।
कृतिम घटना अभ्यासमा स्थानीय बिपद ब्यवस्थापन समिती, वडा बिपद ब्यवस्थापन समिती,समुदायस्तरिय बिपद
ब्यवस्थापन समिती, बिपद कार्यदल, बालक्लब, बिद्यालयका बिद्यार्थी, समुदायको सहभागी रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल,नेपाल प्रहरी र पेस नेपालको संयुक्त सहकार्यमा गरिएको थियो ।

डिल्ली कामी । २३ कार्तिक २०८२, शनिबार २०:२३