जुम्ला–रारा अल्ट्रा म्याराथुनमा दलबहादुर कुुवंर प्रथम,महिलातर्फ मञ्जुले जितिन उपाधी

नन्दबहादुर रोकाया, मुुगुु

जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८०को उपाधि जुम्लाका दलबहादुर कुुवंरले जितेका छन् । सोमबार बिहान ७ बजे जुम्ला सदरमुकाम खलंगाबाट सुरु गरिएको ४९ किलोमिटरको म्याराथन दौड कुुवंरले चार घण्टा ५४ मिनेट १० सेकेण्डमा पुरा गरी प्रथम भएका हुन् ।


४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा उक्त दुरी पार गरी जुम्लाकै धीर बुढा द्वितीय ५ घण्टा ८ मिनेट ४१ सेकेण्डमा तोकिएको दुरी पार गरी शेर बहादुर बुुढा तृतीय स्थान आउन सफल भएको कर्णाली खेलकुद क्लबका सचिव मधुुराज न्यौपानेले जानकारी दिए ।
यसैवीच ५ घण्टा २६ मिनेट ५५ सेकेण्डमा सो दुरी पार गरेर लालचन्द्र रावल चौथो, ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा सो दुरी पार गरेर सोव ब रावत पाँचौ स्थान प्राप्त गर्न सफल भए ।

महिलातर्फ मञ्जुले जितिन उपाधी
यसैगरी, महिलातर्फ छ घण्टा ६ मिनेट २३ सेकेण्डमा जुुम्लाकै मञ्जु रावत प्रथम, ६ घण्टा ५४ मिनेट २७ सेकेण्ड भित्र पार गरी गंगा भण्डारी द्वितीय र ७ घण्टा ५ मिनेट ४६ सेकेण्डमा पार गरी अनिता बुढा तृतीय भइन् ।


७ घण्टा ५५ मिनेट ३९ सेकेन्डममा सो दुरी पार गदै उमाकली बुढा चौथौ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटको दुरी पार गदै कुुसा बुुढा रोकाया पाँचौ स्थान प्राप्त गर्न सफल भइन् । प्रतियोगीताको उपाधि जित्ने पुुरुष ,महिला सबै जुम्लाका हुन् ।

जुम्ला–रारा अल्ट्राम्याराथुन २०८० खेलमा जुुम्लााबाट रारा हुटुु सम्मको ४९ किलोमिटरमा भाग लिएका ७० जनामध्ये ५१ ज्ना मात्रै रारा पुगेको जनाइएको छ ।
क्लबले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयहुने खेलाडीलाई क्रमशः रु १ लाख , ७५ हजार ५० र चौथौ र पाँचौ हुने खेलाडी २०÷२० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरुले समुद्री सतहदेखि तीनहजार ६०० मिटर उचाईमा दौडेका थिए । पुुरुस्कार मंगलबार बिहाना रारातालको किनारमा कार्यक्रम गरि प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ ।

यसै बिच जुम्ला–रारा अल्ट्रा म्याराथुन २०८० को अन्य छोटो दुरीका खेल प्रतियोगितामा गरेर ३ सय जना सहभागी भएको जनाईएको छ । कर्णालीको पर्यटन प्रवद्र्धनका लागि चौथौ रारा अल्ट्रा म्याराथुन सुुरु गरिएको हो ।

यस प्रतियोगिताले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा टेवा पुुग्ने उदेश्य सहित हरेक बर्ष लोकतन्त्र दिवसको अवसरमा जुम्ला–रारा अल्ट्रा म्याराथुन गर्दै आएका र यो बर्षपनि आयोजना गरिएको आयोजक स्रोतले जनाएको छ । यो संगै यस जुम्ला–रारा अल्ट्रा म्याराथुनमा अमेरीकाका २ ,भारतका १ आयरल्याण्ड १ र बेलायतका १ जना खेलाडीले भाग लिएको कर्णाली खेलकुद क्लब जुुम्लाले जनाएको छ ।