एकपटक पुग्नैपर्ने गन्तव्य गिडीदह (फाेटाेफिचर)

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित पयर्यटकीय क्षेत्र हाे गिडी दह । याे दह तीन हजार ४८५ मिटर उचाइमा रहेको छ । गिडी दहको कुल लम्बाइ एक हजार पाँच सय १० मिटर छ ।

जसमा ठूलो दह (ताल)को लम्बाइ एक हजार ६० मिटर, चौडाइ तीन सय १० मिटर,  गहिराइ ४३.३ मिटर रहेको छ। यस्तै गिडी दहकै सानो तालको लम्बाइ चार सय ५० मिटर, चौडाइ दुई सय १० मिटर र गहिराइ २१.३ मिटर रहेको छ।

समग्र गिडीदह क्षेत्र २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको छ।यहाँ १८ प्रकारका चरा, सात प्रकारका स्तनधारी जनावर,  ७४ प्रजातिका चराचुरुंगी रहेका छन्।

गिडी दह उचाइका हिसाबले कर्णालीको दोस्रो अग्लो स्थानको तालका रूपमा रहेको छ। पहिलोमा से–फोक्सन्डाे र तेस्रोमा राराताल रहेका छन्।
कर्णाली राजमार्गको हाँकुबाट गिडी दहसम्मको दूरी २९ किलोमिटर रहेको छ। यो दूरीमा फुलचौल्या, बाइस पाटनलगायतका पर्यटकीय क्षेत्र छन् ।

फाेटाे साैजन्य : गणेश जैशी/जुम्ला