जुम्लाको तिर्खु गाउँमा ‘प्रकाश’को भव्य वर्ल्ड प्रिमियर (फोटो फिचर)

जुम्ला : फिल्म ‘प्रकाश’ को जुम्लाबाट वर्ल्ड प्रिमियर सम्पन्न गरेको छ । आइतबार पातारासी गाउँपालिकाको तिर्खुस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा फिल्मको प्रिमियर सम्पन्न भएको हो ।

                नायक प्रदीप खड्का स्थानीयसँग फिल्म हेर्दै

फिल्म हेर्ने पातारासीका स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । फिल्म हेर्नका लागि खलङ्गाहुँदै थुप्रै गाउँका स्थानीय प्राङ्गणमा पुगेका थिए । वृद्धवृद्धाहरू लौरो टेक्दै आएका थिए भने कोही महिला काखे बच्चा बोक्दै आएका थिए ।

  उभिएरै फिल्म प्रकाशको वल्र्ड प्रिमियर हेरिरहेका तिर्खु गाउँका स्थानीय

राति १० बजेपछि फिल्म सुरु भयो । हेर्ने क्रममा आमाहरू सुँक्कसुँक्क गर्दै थिए, युवाहरू प्रकाश पात्रसँग आफूलाई दाँज्दै थिए ।

प्रकाशको भूमिका निर्वाह गरेका नायक प्रदीप खड्काले पनि स्थानीयसँग फिल्म हेरे । फिल्मका लेखक विकास सुवेदी पनि स्थानीयसँगै बसे ।

 

 

 

 

 

                     लेखक विकास सुवेदी र नायक प्रदीप खड्का सेल्फी खिच्दै

प्रदीपले जुम्लाको वर्ल्ड प्रिमियरमा ‘प्रकाश’ त्यहीँका स्थानीयसँगै बसेर हेर्दा आफू त्यही गाउँको युवा भएको महसुस गरे । यसअघि सुटिङका क्रममा प्रदीप जुम्ला निकै दिन बसेका थिए । त्यतिबेला उनी गाउँलेहरूसँग घुलमिल भएका थिए ।

जुम्लामा प्रदीप र विकासलाई स्थानीयले सम्मानका साथ स्वागत गरेका थिए ।