आइटी स्किल कम्प्युटर इन्स्टिच्युट सञ्चालन

जुम्ला : जिल्ला सदरमुकामस्थित टुडिखेलकाे तल्लाे गेट नजिकै आइटी स्किल कम्प्युटर इन्स्टिच्युट सञ्चालनमा आएकाे छ। प्रविधिमा सीपमूलक जनशक्ति उत्पादन गनर्ने उद्देश्यले कम्प्युटर इन्स्टिच्युट सञ्चालनमा आएकाे हाे ।


कम्प्युटर इन्स्टिच्युटका सञ्चालक चन्दननाथ- ४ सिंगाचौरका तिर्थ नेपाली (प्रशान्त) हुन् । उनी विगत केही वर्षदेखि प्रशान्त प्रिन्ट एण्ड अनलाइन टेक्नोलोजी सिष्टम सञ्चालन गरिरहेका छन् ।

बिहीबारदेखि सञ्चालनमा आएकाे आइटी स्किल कम्प्युटर इन्स्टिच्युटकाे उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद कुमार बाँनियाले कम्प्युटर इन्स्टिच्युटको उद्घाटन गरेका हुन् ।

नयाँ पुस्तालाई सस्तो र शुलभ कम्प्युटर ज्ञान प्रदान गर्नको लागि इन्स्टिच्युट सञ्चालनमा आउनु खुसीकाे कुरा भएकाे उनले बताए ।

`अहिलेको युग कम्प्युटर युग हो । हरेक युवालाई कम्प्युटर ज्ञान अति आवश्यक छ ।´ उनले भने ।

सञ्चालक नेपालीका अनुसार आधारभुत कम्प्युटर कोर्ष गरेको २५ सय रुपैयाँ शुल्क लाग्नेछ । १८ महिने आइटी कोर्षमा २३ हजार र डिप्लोमा कम्प्युटर कोर्ष गरेको ८ हजार रुपैयाँ शुल्क लिइने उहाँको भनाइ छ ।

यस्तै, कम्प्युटर सिकाएर दक्ष बनाई आफ्नै प्रशान्त प्रिन्ट एण्ड अनलाइन टेक्नोलोजी सिष्टममा राेजगार दिइने उनले बताएका छन् । समूहमा आउनेलाई हप्तामा एक पटक फोेटो र भिडियो ग्राफी सम्बन्धि निःशुल्क ज्ञान प्रदान गरिने उनकाे भनाइ छ ।